मोफसल

पत्रकार सन्देश सुब्बाको कविता संग्रह विमोचित

फिदिम : पत्रकार सन्देश सुब्बाको “आगोको सौन्दर्य” नामक कविता संग्रह मंगलवार विमोचन गरिएको छ ।फिदिम स्थित चुम्देन हलमा आयोजित एक कार्यक्रम विच सुब्बाको कविता संग्रह विमोचन गरिएको हो ।
कबिता संग्रहको विमोचन प्रमूख अतिथि बिरेन्द्र प्रतिक तुम्वापोले गरे । पाँचथर जिल्लालाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका सुब्बाको संग्रहमा १९ वटा कविता समावेश छन । सुब्बा ब्लाष्ट टाइम्स दैनिक र इगल एफएमसँग आवद्व छन । कविता संग्रह बिमोचन कार्यक्रममा कवि राज दिलाञ्जली र कवि सगुन सुसारा,मधु आजित केरुङ,प्राध्यापक लक्ष्मीप्रसाद ढुंगाना र हरिश्चन्द्र लावतीले सुब्बाको कविताकर्म सहित संग्रहमा समेटिएका कवितावारे चर्चा गरेका थिए ।
कार्यक्रममा दर्जन अधिक स्रष्टाले कविता र गजल वाचन गरे । कविता संग्रह रेडपाण्डा प्रकाशनले प्रकाशित गरेको हो ।विमोचन कार्यक्रम कवि भवानी तावाको अध्यक्षतामा सम्पन्न भएको हो ।