मोफसल

म्यादी प्रहरीका आवेदकसँग लिखित परिक्षा

फिदिम : जिल्ला प्रहरी कार्यालय पाँचथरले बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनमा सहयोग गर्न म्यादी प्रहरीमा भर्ना दिन आवेदन दिएका उमेद्वारसँग पाँचथरमा लिखित परिक्षा लिएको छ ।
म्यादी प्रहरीका लागि आवेदन दिएका १ हजार ८ सय ८२ जनासँग प्रहरीले फिदिम उच्च माध्यामिक विद्यालयको खेलमैदानमा मंगलवार एकैसाथ परिक्षा लिएको हो ।
चैत १० देखि १७ गतेसम्म म्यादी प्रहरीका लागि लिइएको आवेदनम पाँचथरवा पुरानम्यादी प्रहरी सहित नेपाल प्रहरी,नेपाली सेना,शशस्त्र प्रहरी र सुरक्षा गार्डवाट निबृत्त सँगै स्नातक र स्नाकोत्तर उतिर्ण हरुवाट पनि आवेदन परेको प्रहरी नायव उपरिक्षक नकुल पोखरेलले वताए । यसरी आवेदन दिने युवा युवतीले आफ्ना जनप्रतिनिधि आफैंले चुन्ने मतदाताको अधिकार स्थापित गर्न हुन लागेको निर्वाचन सफल पार्न आफहरुले सक्दो सहयोग गर्ने बताएका छन । गरले जनाएको छ ।
प्रहरीका अनुसार पाँचथरमा ७ सय २३ म्यादी प्रहरी छनौट हुनेछन भने पूर्वाञ्चलका १६ वटा जिल्लामा निर्वाचन सुरक्षार्थ करिब १६ हजार ७ सय ७२ म्यादी प्रहरी खटिने वताइएको छ । म्यादी छनौट का लागी जिल्ला छनौट समितीले आवेदकहरुको उचाई, स्वास्थ्य परिक्षण, लिखित तथा अन्तरवार्ता परिक्षा लिई छनौट गर्ने प्रावधान रहेको छ । छनौट समिति प्रमूख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने प्रावधान रहेको छ ।