मोफसल

पाँचथरको हातेमालो मेची अञ्चलमै उत्कृष्ठ सहकारी

फिदिम : पाँचथर जिल्लालाई कार्यक्षेत्र बनाएर कारोवार गर्दै आएको हातेमालो कृषि सहकारी सस्था मेची अञ्चलमै उत्कृष्ठ भएको छ ।
डिभिजन सहकारी कार्यालय इलामले ६० औं राष्ट्रिय सहकारी दिवसका अवसरमा हातेमालोलाई पुरस्कृत गरेको हो । हातेमालोलाई आइतवार इलाममा आयोजना हुने एक समारोहविच पुरस्कृत गरिएकोे डिभिजन सहकारी कार्यालय इलामका प्रमूख लालवहादुर श्रेष्ठले जानकारी दिए । डिभिजन सहकारीले हरेक वर्ष सहकारी दिवसका अवसरमा प्रत्येक सहकारी दिवसका अवसरमा प्रत्येक विधामा उत्कृष्ठ कारोवार गर्ने सहकारीको छनौट गरी पुरस्कृत गर्ने गरेको छ ।
श्रेष्ठका अनुसार डिभिजन सहकारी कार्यालयले आफ्नो कार्यक्षेत्रमा पर्ने प्रत्येक सहकारीको सचिवालयको व्यवस्थापन,व्यवस्थापकिय पक्ष,खाता व्यवस्थापन,ऋण लगानी र असुली,वैठकको अध्यावधिक,जस्ता विषयको मुल्यांकन गरी पुरस्कृत गर्ने गरेको हो । हातेमालो कृषि सहकारी सस्थाले विशेषतःपाँचथरको फिदिम,रानिटार,याङनाम,नांगीन र एकतिन सहितका स्थानमा कारोवार गर्दै आएको छ । उक्त सहकारी २०६३ सालमा स्थापना भएको हो । शुरुमा २५ जना सदस्यले दुई हजार ५ सय रुपैंया ंसंकलन गरेर शुरुवात गरेको हातेमालोले हाल एक करोड ५० लाख रुपैंया अधिकको कारोवार गर्दै आएको अध्यक्ष छवि बाँस्कोटाले जानकारी दिए ।

error: Content is protected !!