कला साहित्य

उच्च शिक्षा कोषका लागि साँस्कृतिक कार्यक्रम

किरात याक्खा साँस्कृतिक कलाकार संघ, सुनसरीले उच्च शिक्षा कोष स्थापनाका लागि बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

 

संघले चैते दशैं तथा नयाँ बर्षको अवसर पारेर चैत २५ गते धरानमा कार्यक्रम आयोजना गर्न लागेको हो ।उत्कृष्ट नतिजासहित माध्यमिक तह उत्तीर्ण गर्ने एक जना बिपन्न याक्खा विद्यार्थीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गर्ने संघको लक्ष्य छ । कार्यक्रममा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रमका प्रचार संयोजक भीम देवानका अनुसार, गायिका ज्योति मगरको साथमा बिनोद खम्बु र ममता राईले सांगीतिक मनोरञ्जन दिनेछन् । कार्यक्रममा उर्जा ब्याण्ड र गरिमा डान्स सेन्टरको पनि प्रस्तुति रहने जनाईएको छ । कलाकार संघ आदिवासी याक्खा जातिको सामाजिक संस्था किरात याक्खा छुम्माको भातृ संगठन हो ।

 
पब्लिक हाईस्कुलको खेलमैदानमा चैत २५ गते दिउँसो ३ बजे शुरु हुने कार्यक्रममा याक्खा जातिको सँस्कृति झल्कने नृत्यहरु पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ । आदिवासी याक्खा जातिको मुख्य बसोबास संखुवासभाको दक्षिणी र धनकुटाको उत्तरी क्षेत्रमा रहेको छ । कार्यक्रमबाट संकलित रकमबाट उच्च शिक्षा कोषको स्थापना गर्ने र सोको व्याजले उत्कृष्ट बिपन्न विद्यार्थीलाई बर्षेनि छात्रवृत्ति प्रदान गर्ने लक्ष्य रहेको संघका अध्यक्ष जीवन देवानले जनाए । उनका अनुसार, आर्थिक सहयोगका लागि समाजसेवी, व्यापारी तथा शुभेच्छुकहरुसँग अनुरोध गरिने छ । रकम जुटाउन कार्यक्रममा एक सय पचास रुपैयाँ दरको टिकट पनि बिक्री गरिने भएको छ ।

 

सकेसम्म कम खर्चमा कार्यक्रम सम्पन्न गरेर अधिकतम रकम बचाउने लक्ष्य रहेको संघकी उपाध्यक्ष कृष्णा जिमीले बताईन् । łराम्रो सोंचका लागि काम गर्न लागेका छौं, यसका लागि सबैको सहयोग र सुझाव आवश्यक छ’, उनले भनिन् ।

About the author

miteree

Add Comment

Click here to post a comment

Your email address will not be published. Required fields are marked *