राजनीति

स्थानीय तहको निर्वाचनबाट कोही भाग्न मिल्दैन ः पोख्रेल

सन्तोष रुचाल
धनकुटा, १९ चैत्र

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले स्थानीय तहको निर्वाचनबाट कोही भाग्न नमिल्ने बताउँनु भएको छ । संविधान कार्यान्वयनका लागी स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको भन्नु हुदै पोखरेलले स्थानीय तहको निर्वाचनबाट भाग्न खोजे आफ्नो हैसियत गुमाउनु पर्ने बताउनु भयो । संविधान कार्यान्वयन गर्न र केन्द्रको अधिकार स्थानीय स्तरबाट दिनका लागी स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आवश्यक रहेको बताउँनुभयो । प्रेस चौतारी नेपाल धनकुटाले शनिवार धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुदै महासचिव पोखरेलले निर्वाचनको मिति घोषणा भई सकेकाले यसलाई सम्पन्न गर्नु अहिलेको सरकारको पहिलो दायित्व रहेको बताउँनुभयो ।
स्थानीय तहको निर्वाचनको मिति वैशाख ३१ गते घोषणा भएसँगै सबैलाई निर्वाचनले आफुतिर तानिरहेको उल्लेख गर्नु हुदै पोखरेलले भने बाहिर चुनावको विरोध गरे जस्तो गरी भित्री रुपमा निर्वाचनको विरोध गर्ने दलहरु मधेशवादी दलहरु पनि निर्वाचनको तयारीमा जुटिरहेका बताउँनुभयो । मधेसी मोर्चाले संविधान संशोधन गरेर मात्र निर्वाचनमा भाग लिने भन्दै आएपनि राष्ट्रिय हित विपरितको कुरालाई लिएर संसोधन गर्न नमिल्ने बताउँनुभयो । संविद्यान संशोधनको औचित्य नरहेको उल्लेख गर्नु हुर्दै महासचिव पोखरेलले सरकारले संविधान संशोधन प्रक्रियामा लगेपनि एमालेले त्यसलाई संसदबाट पास हुन नदिने दाबी गर्नुभयो ।
गतिशिल संविधान भएकोले संविधान कार्यान्वयन गर्दै जाँदा जनताले आवश्यक ठानेर माग गरेमा संशोधन गर्न सकिने उल्लेख गर्नु हुदै पोखरेलले संविधान संशोधन कुन मुद्दा र विषयमा गर्ने भन्ने नै संशोधनको माग गर्नेहरुसँग एजेण्डा नै नरहेको बताउँनुभयो । अर्काे फरक प्रसंगमा बोल्नु हुदै महासचिव पोखरेलले एमाले विरुद्ध अहिले भई रहेको मोर्चाबन्दी अप्राकृतिक रहेकोले मोर्चाबन्दी गरेपनि त्यसले केही अर्थ नराख्ने बताउँनुभयो । विद्यार्थीको निर्वाचनमा भएको मोर्चा बन्दीले नै एमालेको हौसियत प्रष्ट रुपमा देखाएको भन्दै उहाँले भने एमाले विरुद्ध भएको मोर्चाबन्दीले स्थानीय तहको निर्वाचनलाई केही फरक असर नपर्ने बताउँनुभयो ।
मोर्चाबन्दी विरुद्ध एमाले फेसको गर्न तयार रहेको उल्लेख गर्नु हुदै एमाले विरुद्ध भई रहेको मोर्चाबन्दी कमजोरी मनस्थितिको उपज भएको बताउँनुभयो । उहाँले अधिकार सहितको स्थानीय तहको निर्वाचन गराउन नदिनेहरु फासिस्ट चरित्रको भएको आरोप लगाउनु हुदै अहिलेको निर्वाचन जसरी पनि भएर छाड्ने ठोकुवा गर्नुभयो । एमाले महासचिव पोखरेल नेकपा एमाले जिल्ला कमिटी धनकुटाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न धनकुटा आउनु भएको हो ।

error: Content is protected !!