फिचर समाज

बिए र एम पास गरेकाहरु शिक्षित सँगै सेना र प्रहरीवाट निबृत्त कर्मचारीको म्यादी प्रहरीमा आकर्षण

फिदिम : जिल्ला निर्वाचन कार्यालय पाँचथरले पाँचथर जिल्लामा स्थानीय तहको निर्वाचन तयारी तिव्र भएको छ । निर्वाचनका लागि यहाँ स्थित जिल्ला निर्वाचन कार्यालय,निर्वाचन समन्वय समिति,सुरक्षा निकाय र राजनैतिक दलहरुले आ–आफ्ना क्षेत्रवाट तयारी तिव्र बनाएका हुन ।
निर्वाचनको सुरक्षामा सहयोग गर्न आव्हान गरिएको म्यादी प्रहरीका लागि पाँचथर जिल्लामा मात्रै १ हजार ८ सय ८१ जना युवा युवतीले दरखास्त दिएका छन ।
यसरी म्यादी प्रहरीमा दरखास्त दिनेहरुमा अधिकांस पुराना म्यादी प्रहरी सहित नेपाल प्रहरी,नेपाली सेना,शशस्त्र प्रहरी र सुरक्षा गार्डवाट निबृत्त हरुको संख्या उल्लेख्य रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोखरेलले वताए ।

म्यादी प्रहरीका लागि आवेदन दिन साक्षर व्यक्ति भए पुग्ने व्यवस्था गरिएपनि स्नातक र स्नाकोत्तर उतिर्ण हरुवाट पनि आवेदन परेको पोखरेलको भनाई छ । यसरी आवेदन दिने युवा युवतीले आफ्ना जनप्रतिनिधि आफैंले चुन्ने मतदाताको अधिकार स्थापित गर्न हुन लागेको निर्वाचन सफल पार्न आफहरुले सक्दो सहयोग गर्ने बताएका छन ।

बैशाख ३१ गते सम्पन्न हुने निर्वाचनवाट जिल्लाको एक नगरपालिका र ७ गाँउ पालिका गरी ८ वटा स्थानीय तहमा प्रमूख, उप प्रमूख र वडा अध्यक्ष सहित तीनसय १६ जना जनप्रतिनिधि चयन हुनेछन । यत्तिका जनप्रतिनिधि चयन गर्ने मतदाताको सुविधालाई ध्यानमा राख्दै कार्यालयले १सय वटा मतदान स्थल तोकेको जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रमूख धु्रवकुमार राईले जानकारी दिए ।

कार्यालयका अनुसार पाँचथर जिल्लाका ७ गाँउ पालिका र १ नगरपालिकामा गरी १ ला १७ हजार ८ सय २३ मतदाता रहेका छन । जसमध्ये सवैभन्दा धेरै फिदिम नगरपालिकामा २७ हजार ४ सय ११ मतदाता रहेका छन । गाँउ पालिका मध्ये धेरै मतदाता रहेको गाँउ पालिका मिक्लाजुङ हो । जहाँ १५ हजार ८ सय ९६ मतदाता छन । यस्तै कुम्मायक गाँउ पालिकामा १० हजार १ सय ५१,तुम्वेवा गाँउ पालिकामा ८ हजार ६ सय ६२,फालेलुङ गाँउ पालिकमा १४ हजार ३ सय ३८,फाल्गुनन्द गाँउ पालिकमा १४ हजार ८ सय ८८,याङवरकमा १२ हजार २ सय ८० र हिलिहाङ गाँउ पालिकमा १४ हजार १ सय ७ मतदाता रहेको पनि राईले जानकारी दिए ।
स्थानीय तहका लागि जिल्लामा नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी केन्द्र र राप्रपा सहित १३ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन । राजनैतिक दलहरु पनि चुनावी अभियान लिएर गाँउ छिर्न थालेका छन ।