मोफसल

पाँचथरमा निर्वाचनको तयारी तिब्र एकसय वटा मतदान स्थल रहने

फिदिम : जिल्ला निर्वाचन कार्यालय पाँचथरले पाँचथर जिल्लामा स्थानीय तहको निर्वाचन तयारी तिव्र पारेको छ । बैशाख ३१ गते सम्पन्न हुने निर्वाचनवाट जिल्लाको एक नगरपालिका र ७ गाँउ पालिका गरी ८ वटा स्थानीय तहमा प्रमूख, उप प्रमूख र वडा अध्यक्ष सहित तीनसय १६ जना जनप्रतिनिधि चयन गर्न कार्यालयले तयारी तिब्र बनाएको हो ।
यत्तिका जनप्रतिनिधि चयन गर्ने मतदाताको सुविधालाई ध्यानमा राख्दै कार्यालयले १सय वटा मतदान स्थल तोकेको जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रमूख धु्रवकुमार राईले जानकारी दिए ।
कार्यालयका अनुसार पाँचथर जिल्लाका ७ गाँउ पालिका र १ नगरपालिकामा गरी १ ला १७ हजार ८ सय २३ मतदाता रहेका छन । जसमध्ये सवैभन्दा धेरै फिदिम नगरपालिकामा २७ हजार ४ सय ११ मतदाता रहेका छन । गाँउ पालिका मध्ये धेरै मतदाता रहेको गाँउ पालिका मिक्लाजुङ हो । जहाँ १५ हजार ८ सय ९६ मतदाता छन । यस्तै कुम्मायक गाँउ पालिकामा १० हजार १ सय ५१,तुम्वेवा गाँउ पालिकामा ८ हजार ६ सय ६२,फालेलुङ गाँउ पालिकमा १४ हजार ३ सय ३८,फाल्गुनन्द गाँउ पालिकमा १४ हजार ८ सय ८८,याङवरकमा १२ हजार २ सय ८० र हिलिहाङ गाँउ पालिकमा १४ हजार १ सय ७ मतदाता रहेको पनि राईले जानकारी दिए । स्थानीय तहका लागि जिल्लामा नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी केन्द्र र राप्रपा सहित १३ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन । राजनैतिक दलहरु पनि चुनावी अभियान लिएर गाँउ छिर्न थालेका छन ।

error: Content is protected !!