समाज

पाँचथरमा पनि मनाइयो पत्रकार महाासंघको स्थापना दिवस

नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवसको सन्दर्भमा पाँचथरको सदरमुकाम फिदिममा अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजनामा स्थानीय तह निर्वाचन र सञ्चार माध्यमको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएको हो ।
फिदिम स्थित जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रतिनिधि सरोज भट्टराईले जिल्लामा निर्वाचनको तयारी सम्वन्धि तथा महासंघका पुर्व केन्द्रीय सदस्य बिमल बैद्यले सञ्चार र लोकतन्त्र विषयक कार्य–पत्र प्रश्तुत गरेका थिए ।
कार्यक्रममा लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रराज आङदेम्वे,नेकपा मालेका लयप्रसाद वास्कोटा,स्थानीय शान्ति समितिका संयोजक नरेन्द्र दुलाल,सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष देवी न्यौपाने,गैरसरकारी सस्था महासंघका अध्यक्ष बालकृष्ण ओझा,उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्ले र पाँचथरका प्रमूख जिल्ला अधिकारी विनोदकुमार खड्का लगायतका बक्ताले स्वच्छद र धाँदलि रहित निर्वाचनका लागि सञ्चारकर्मी र माध्यमले खेल्नुपर्ने भूमिकाका विषयमा बोलेका थिए ।सोहि कार्यक्रममा पत्रकार महासंघको नया सदस्यता प्राप्त गरेका सदस्यहरुलाई पनि स्वागत गरिएको थियो ।

error: Content is protected !!