अर्थ

नेपालमै पहिलो पटक गर्न लागिएको चौंरी महोत्सवको तयारी पुरा

फिदिम : दुर्लभ बन्दै गएको चौंरी पालन व्यवसायको पर्वधन गर्ने उदेस्यले पाँचथरको प्राङवुङमा पहिलो पटक गर्न लागिएको प्रथम चौंरी पर्या पर्यटन महोत्सवको तयारी पुरा भएको छ ।
पाँचथरको फालेलुङ गाँए पालिकाका चौरी पालक कृषकहरुको अगुवाइमा महोत्सव आयोजना हुन लागेको हो । चौरी पर्या पर्यटन महोत्सवका लागि प्राङवुङ स्थित सुर्केथाम दुग्ध सहकारी र शिखरगुम सामुदायिक बन उपभोक्ता समिति लगायतका एक दर्जन अधिक सस्थाले सहजिकरण गरिरहेको मंगलवार फिदिममा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव नव वर्षको अवसर पारी बैशाख १ गते लागिएको फालेलुङ चौंरी पालन फार्मका सञ्चालक चन्द्रलाल नेपालले जानकारी दिए । नेपाल चौरी पर्या पर्यटन महोत्सव आयोजक समितिका सल्लाहकार पनि हुन ।
उनका अनुसार महोत्सव सम्पन्न गर्न जिल्ला वन कार्यालय पाँचथर,जिल्ला समन्वय समिति, इसिमोड नेपाल, फालेलुङ गाँउ पालिका जिल्ला पशु सेवा कार्यालय लगायतका सरोकारवालाले सहयोग गर्ने महोत्सव सम्पन्न गर्न करिब आठ लाख रुपैंयाको लागत अनुमान गरिएको आयोजक सस्थाले जनाएका छन ।
महोत्सव फालेलुङ गाँउ पालिका वडा नम्वर ४ स्थित चारराते भन्ने स्थानमा आयोजना गर्न लागिएको हो । ३ हजार ५ सय ६० मिटर उचाइमा अवस्थित महोत्सव आयोजना स्थल नेपाल,भारतको वेट बंगाल र सिक्किमको सिमाना नजिकै पर्छ ।
महोत्सव आयोजना गर्न रामचन्द्र गुरुङ संयोजक रहेको ६५ सदसीय मुल समारोह समिति थर्कप्रसाद गुरुङको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति,लक्ष्मी गौतमको संयोजकत्वमा प्रचार–प्रसार समिति,जंगप्रसाद राईको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति,तारावीर राईको संयोजकत्वमा सडक मर्मत समिति,मिमा तामाङको संयोजकत्वमा सास्कृतिक समिति र साजन राईको संयोजकत्वमा स्वयमसेवक परिचालन समिति गठन गरी तिव्र रुपमा काम थालेको समितिले मंगलवार सम्ममा ८० प्रतिसत तयारी पुरा गरेको जनाएको छ ।
महोत्सवमा पाँचथर सहित पुर्वी नेपालका पाँचथर,ताप्लेजुङ,इलाम,झापा हुँदै काठमाण्डौ सहित भारतको सिक्किम र दार्जिलिङका वासिन्दा,पर्यटन व्यवसायी र सर्वसाधारण गरी एक हजारले अवलोकन गर्ने आयोजक समितिका संयोजक गुरुङले जानकारी दिए ।महोत्सवमा चौंरी पालन व्यवसायलाई आधुनिकिकरण गर्न ज्ञान र सिपको आदान प्रदान सहित चौंरीको दुधवाट निर्मित परिकार,तथा रौं छाला आदीवाट निर्मित सामग्री तथा चौंरीको जीवन चक्रका विषयमा जानकारीमुलक सामग्री प्रदर्सनीमा राखिने भएको छ ।