मोफसल

रेडियो मितेरी नियमित प्रसारणमा

रेडियो मितेरीले सोमवारवाट नियमित प्रसारण शुरु गरेको छ ।
पाँचथर सदरमुकाम फिदिमवाट प्रसारण आरम्भ गरेको यो रेडियोले नियमित प्रसारणमा गएसँगै समाचार सहित मनोरञ्जन र समसामयिक कार्यक्रम पनि शुरुवात गरेको छ ।

 

२०७३ साल माघ ४ गते सूचना तथा सञ्चार अनुमति पाएको रेडियो मितेरीले १५ दिन पछाडी अर्थात माघ १९ गतेदेखि परिक्षण प्रसारण शुरु गरेको थियो । फिदिम ४ गडीमा प्रसारण स्टुडियो र कार्यालय रहेको यो रेडियो पुर्वी नेपालका विभिन्न क्षेत्रमा ९८।२ मेगाहर्ज सहित www.miteree.com,हाम्रो पात्रो र अल नेपाली एफएम लगायतका मोवाइल एप्लिकेसन मार्फत संसारभर सुन्न सकिन्छ ।

error: Content is protected !!