फिचर

हात खुट्टा नै नभएकी महिलाका बर्षेनीका पाँच सन्तान

पाँचथर : फिदिम देब्रे हात कुहिनो भन्दा माथि मात्रै छ । दाहिनेको हत्केला नै छैन । देब्रे खुट्टाको बुढी औंला मात्रै छ भने दाहिनेको कुर्कुच्चा भन्दा तलको भाग पुरै डल्लो परेको छ ।
खुट्टा पुरा नहुँदा हिडडुल गर्न अत्यन्तै कठिन छ भने हात नभएकाले खानेकुरा समातेर खान वा कुनै चिज समात्न कठिन । यस्तै डुँडुला हात खुट्टाको सहारामा एक महिनाकी छोरी काखी च्यापेर बाँकी अगाडी पछाडी लगाई जो बालबच्चा स्याहार्नु पाँचथर भारपा ८ की ४१ बर्षीय लक्ष्मीमाया नेम्वाङको दैनिकी ।
सुन्दा अचम्म र देख्दा कारुणिक लाग्ने लक्ष्मीमायाले २०६५ सालदेखि हालसम्म ५ जना छोरी जन्माइसकेकी छिन ।
पाँचथरको भारपा ८ हेँवा खोला नजिकै एउटा छाप्रोमा बस्ने जीतवहादुर नेम्वाङसँग २०६३ सालमा स्थानीयले जवरजस्ती विवाह गरिदिएपछि निरन्तर बच्चा जन्माइरहेकी उनले पछिल्लो पटक गत फागुनमा कान्छी छोरी (सिर्जना) लाई जन्माएकी हुन ।
उनका अनुसार त्यस अगाडी जन्मेकी काँहिली सम्झना २ साँहिली अञ्जना ४,माइली रञ्जना ६ र जेठी अञ्जना ८ बर्ष लाग्दैछन । “बर्षेनीका छोरीहरुलाई खान लाउन दिन नसकेकाले साहिँली अञ्जनालाई भारपा ६ स्थित मावली घर र माहिली रञ्जनालाई नवमीडाँडा ठुलीआमाको घर पठाएका छौं जेठी काँहिली र कान्छी चाँहि हामीसँगै छन ।”–लक्ष्मीमाया भन्छिन । बनिबुतो गर्न गएका श्रीमान प्रायः मादक पदार्थ सेवन गरेर फर्केपछि यौनेच्छा प्रकट गर्न थालेपछि हातखुट्टा नभएकी आफ्नो केहि नलाग्दा बर्षेनी जस्ता बच्छा पाउनको बिकल्प नरहेको दुखेसो लक्ष्मीमायाको छ । आफुले परिवार नियोजनका अस्थायी र स्थायी साधनवारे सुनेपनि अशक्त रहेका कारण ती साधनको पहँचसम्म पुग्न नसकेको उनी बताँउछिन ।

लक्ष्मीमायाका श्रीमान जीतवहादुर पनि कान सुन्दैनन । खोला छेउको छाप्रोमा कष्टकर जीवन यापन गरिरहका नेम्वाङ परिवारको घर वरिपरि २ रोपनी पाखो बारी मात्रै छ । २ रोपनीमा भएको उव्जनीले एक महिनापनि राम्ररी खान नपुग्ने भएकाले जीतवहादुरले बनीबुतो गरेर परिवार पाल्दै आएको छिमेकी चन्द्र जवेगू बताँउछन ।

२ रोपनी पाखो वारी बाहेक यो परिवारसँग अधिँयामा पालेको अर्काको एक माउ गाई र पुराना केहि थाल बटुका मात्रै छन । “हामी छिमेकीहरु आलोपालो गरेर तरकारी र नुनतेल लगिदिन्छौं । यसरी नै चेलेको छ नेम्वाङ परिवारको दिनचर्या । पाँचजना छोरी जन्माइसकेकी लक्ष्मीमायाका श्रीमान जीतबहादुरले छोराको बाबु बन्ने इच्छा राख्ने गरेको अर्का छिमेकी पुष्पलाल पौडेल बताँउछन ।

हात खुट्टा पुरा नभएकी लक्ष्मीमायाले हालसम्म अपांगता परिचय–पत्र पाएकी छैनन । उनलाई परिचय पत्र र भत्ता उपलव्ध गराउन अपांग सेवा संघ पाँचथर सम्म पहल सुरुवात गरेको फिदिम स्थित जनसेवा समाज पाँचथरका अध्यक्ष रोजेन्द्र अधिकारीले वताए ।

अधिकारीकै पहलमा चैत ८ गते पाँचथर सदरमुकाम फिदिमवाट नेम्वाङ परिवार वस्ने टहरासम्म पुगेका लायन्स क्लव अफ पाँचथरका अध्यक्ष मित्रप्रसाद काफ्ले र सहयोगी आँखाका अध्यक्ष कमल थपलियाले उनीहरुका लागि २ वोरा चामल सहित,तरकारी,लत्ताकपडा र ओढ्ने ओछ्याउने सिरक डस्ना उपलव्ध गराए ।
सामग्री वितरण गर्दै पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका काफ्लले सहयोगी मनहरुले गरेको सानो सहयोगले नेम्वाङ परिवारमा ठुलो राहत पुग्ने भएकाले त्यसतर्फ जुट्न सरोकारवालासँग अनुरोध गरे ।