अर्थ फिचर

बन्ने भयो पूर्वी पहाडकै ठुलो जलविद्युत आयोजना

आयोजनको निर्माण स्थल कावेली नदि

मितेरी समाचार

१० चैत्र
कावेली ए जलविद्युत आयोजनाको औपचारिक शिलान्यास गरिएको छ । पुर्वी पहाडको सबैभन्दा ठूलो नदि प्रवाहमा आधारित जलविद्युत् आयोजना ‘काबेली ए’ को बिहिबार औपाचारिक शिलान्यास भएको हो । आयोजना प्रभावित क्षेत्रका स्थानिय ७७ बर्षिय दुर्गा प्रसाद भण्डारीले आयोजनको शिलान्यास गरेका हुन् । आयोजनको पूर्वाधार निर्माण गर्न चिनिया कम्पनी झि झ्याङ साइटमा आइसकेको छ भने निर्माणको काम प्रारुम्भ भएको छ । यो संगै प्रभावित क्षेत्रका स्थानीयहरुमा खुसी छाएको छ । प्रभावित क्षेत्रहरुमा सडक निर्माणको काम अन्तिम चरणमा भैरहेको आयोजना निर्माणको जिम्मा लिएको बुटवल पावर कम्पनिले जानकारी दिएको छ । अमरपुरको वडा नं. २ र ५ को खोला खर्कमा पोखरी बनाई साढे चार किमी सुरुङमार्गद्वारा अमरपुर ९ पिनासी घाटको पावर हाउसमा पानी खसाउने गरी पूर्वाधार निर्माणको काम प्रारम्भ गरिएको हो । पुर्वी पहाडकै सबैभन्दा ठूलो र नमुना आयोजना भनिएको कावेली ए निर्माणको जिम्मा चिनिया कम्पनीले लिने भएको छ । कुल १० अर्ब लागत अनुमान गरिएको आयोजनाको ४ अर्ब बल्ड बैंकले ३.९ इन्फ्रा को एशियाले र बाँकी रकम बुटवल पावर कम्पनीले लगानी गर्ने भएको छ । आयोजनाको निर्माण सम्पन्न पश्चात १६ लाख जनता (३लाख २० हजार घरधुरी) लाई सस्तो र सुलभ विद्युत सेवा उपलब्ध गराउने निर्माण कम्पनीले लक्ष्य लिएको छ । सन २०२० सम्ममा आयोजनाको निर्माण सम्पन्न भैसक्ने बुटवल पावर कम्पनीका प्रवन्ध निर्देशक प्रदिप श्रेष्ठले मितेरी समाचारलाई जानकारी दिए ।