फिचर

हाब्रेको निगरानी मोवाइलवाटै

लक्ष्मी गौतम
मेची अञ्चलका पहाडी जिल्ला पाँचथर इलाम र ताप्लेजुङका उच्च पहाडी र हिमाली क्षेत्रमा विश्ववाटै लोप हुन लागेको बन्यजन्तु हाब्रे (रेडपाण्डा)को निगरानी मोवाइलवाट गर्न थालिएको छ ।
स्थानीय स्तरमा पुडेकुँदो भनेर बोलाइने दुर्लभ जातको यो बन्यजन्तुको संरक्षणमा काम गरिरहेको रेड पाण्डा नेटवर्कसँगको सहकार्यमा बन अभिभावकहरुले मोवाइल एप्लिकेसन प्रयोग गरी त्यसको गतिविधि अध्ययन गर्न थालेका हुन ।
रेडपाण्डा नेटवर्कले संकलन गरेको तथ्यांक अनुसार मेची अञ्चलका पहाडी जिल्लामा २ सय १८ वटा छन । रेडपाण्डा नेटवलर्कले पाँचथरको दिप ज्योती युवा क्लव,इलामको उच्च पहाडी जडिवुटी उत्पादक सस्था र ताप्लेजुङको हिमाली संरक्षण कार्यक्रमसँग सहकार्य गरी ७ वर्ष लामो बैज्ञानिक अध्ययन गरी यो तथ्यांक वाहिर ल्याएको हो । उक्त अध्ययन अनुसार इलामका ५, पाँचथरका ३ र ताप्लेजुङका ११ गरी १९ मेची अञ्चलका उच्च पहाडी र हिमाली क्षेत्रका १९ वटा गाँउ विकास समितिमा रेडपाण्डा छन ।
नेटवर्कका अनुसार तीनवटै जिल्लाको ६ सय ५ वर्ग कि.मि. भूभागमा रेडपाण्डाको वासस्थान छ । जस्मा सवैभन्दा वढि वासस्थान जिल्ला ताप्लेजुङ्ग हो । जहाँ २२४ वर्ग किलोमिटर क्षेत्रमा रेडपाण्डा पाइन्छ । मेची पहाडी जिल्लामा रहेका २ सय १८ मध्ये रेडपाण्डाको संख्या ताप्लेजुङमा १ सय ३४, पाँचथरमा ४३ र इलाममा ४० वटा रहेका छन । पछिल्लो समय दुर्गम क्षेत्रसम्म यातायात साधन पुग्न थालेपछि बासस्थानको खण्डिकरण, परम्परागत पशुपालन प्रणालीले बासस्थानको बिनास, घरपालुवा कुकुरको आक्रमण, आहाराका रुपमा प्रयोग हुने मालिंगो र निगालोको जंगल मासिदै जानु,अवैध व्यापार, अन्य जनावरहरुका लागि थापिने पासो र बन जंगलमा लाग्ने डढेलोका कारण रेढपाण्डा मासिँदै गएकाले तीनीहरुको संरक्षणमा अव के गर्न सकिन्छ भनेर नयाँ प्रविधि पहिचान गर्न पनि मोवाइल एप्लिकेसनवाट हाब्रेको गतिविधि निगरानी गर्न थालिएको पाँचथरमा संरक्षणका लागि काम गरिरहेको दिप ज्योती युवा क्लवका कार्यकारी निर्देशक सुनिल वान्तावाको भनाई छ ।
पछिल्लो समयमा रेडपाण्डा तीनको वासस्थान र आहारा संकटमा पर्न थालेपछि रेडपाण्डा नेटवर्कको सन २०१० देखि प्रत्येक वर्षको सेप्टेम्वर महिनाको तेस्रो शनिवार अन्तराष्ट्रिय रेडपाण्डा दिवस पनि मनाउन थालेको छ ।
समुदायमा आधारीत रेडपाण्डा संरक्षण कार्यक्रम अन्तगर्त मोवाईल एप्लिकेसनवाट जानकारी लिन थालिएको हो । एप्लिकेसन सञ्चालन गर्न बन अभिभावकहरुलाई तालिम र रेडपाण्डाको अवस्था अध्ययन गर्ने सफ्टवेयर सहितको एनड्रोइड मोवाइल दिएको छ । बन अभिभावक मोवाइल लिएर रेड पाण्डाको वासस्थान रहने क्षेत्रसम्म पुगी हिड्ने बाटो,मोहडा, दिसा, सकेत,आहाराको प्रयोग सहितका सम्पूर्ण गतिविधि मोवाईल इन्ट्रि गरी इन्टरनेट कनेक्सन गरेर नेर्टवममा पठाँउछन । यो प्रविधिले रेडपाण्डाको पछिल्लो गतिविधि काठमाण्डौमै वसेर विज्ञहरुले अध्यावधिक गर्दै अध्ययन अनुसन्धान गर्न सजिलो हुने दाबी नेटवर्कको छ ।
पहिलो चरणमा रेडपाण्डाको गतिविधि निगरानी गर्न हाल इलाममा ७, पाँचथरमा ५ र ताप्लेजुङ १४ वटा मोवाइल प्रयोगमा ल्याइएको छ । कागजी रिपोर्टिङ भिज्ने, पठाउन असजिलो हुने, सदरमुकाम सम्म आउनु पर्ने झण्झट भएकाले यो विकल्प खोजीएको यी जिल्लामा सन् २०११ देखि समुदायमा आधारीत रेडपाण्डा सरक्षण कार्यक्रम सञ्चालन भईरहेको छ ।