खेलकुद मोफसल

पाँचथर कप बैशाख २ गतेदेखि

फिदिम : पाँचथरको सदरमुकाम फिदिममा बैशाख २ गतेदेखि पाँचथर कप फुटवल प्रतियोगिता शुरु हुने भएको छ ।
पाँचथर क्लब फिदिमको आयोजनामा प्रतियोगिता सम्पन्न हुने भएको हो । प्रतियोगितावारे आयोजक पाँचथर क्लवले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा सो वारे जानकारी दिइएको हो ।
फिदिम स्थित फिदिम उच्च माविको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा आयोजक पाँचथर क्लव सहित इलाम,ताप्लेजुङ, विर्तामोड,उर्लावारी र सुनसरीका गरी ८ वटा टिमले भाग लिने पक्का भएको छ । प्रतियोगिताको अनुमानित लागत १८ लाख रुपैंया रहेको आयोजक सस्थाका अध्यक्ष अनुराग केप्छाकीले वताए ।
पाँचथर कपका विजेताले एकलाख पचास हजार र उप विजेताले एकलाख रुपैंया नगद सहित ट्रफि,मेडल र प्रमाण पत्र पाउने छन । यो बाहेक पाँचथर जिल्लामा विगत आठवर्षयता फाल्गुनन्द गोल्डकप प्रतियोगिता सञ्चालन हुँदै आएको छ । उक्त प्रतियोतिा फिदिम स्पोर्टिङ क्लवले आयोजना गर्दै आएको छ ।

error: Content is protected !!