मोफसल समाज

फिदिम नगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरु

मितेरी समाचार
पाँचथर
फिदिम न.पा.को कार्यालयले आ.व. ०७३÷०७४ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिका संयोजक तथा गिरीराज ज्ञवालीको प्रमुख आत्थ्यितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राजनैतिक दल, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, विभिन्न संघ संस्था सञ्चारकर्मी, स्थानिय निकायका प्रतिनीधी तथा आम सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रको सहजकर्ता एलजीसिडिपी कार्यक्रम संयोजक दलेन केरुङले गरेका थिए । कार्यक्रममा नागरिक प्रतिवेदन पत्र र वर्हिगमन कार्डको समेत प्रयोग गरिएको थियो । सार्वजनिक सुनुवाईमा बैकल्पिक उर्जा विकास केन्द्र नेपा, एइडिसी पाँचथरले जिल्लमा सञ्चालन गरिरहेको स्थानिय शासन तथा उत्तरदायि संयन्त्र कार्यक्रमका संयोजक मेदिनी लावतीले तथ्याङ्क विश्लेषण प्रस्तुत गरेका थिए । नागरिक प्रतिवेदन पत्र र वर्हिगमन कार्ड बाट नपा को सेवा प्रवाह प्रतिको धाँरणा संकलन गरिएका ४० जनालाई सहभागी मध्ये २७ प्रतिशतले उत्तम, ५९.५ म्रतिशते मध्यम र १३.५ प्रतिशत सेवाग्राहीले फिदिम नगरपालिकाले प्रदान गर्ने सेवा चित्त बुझ्दो नरहेको बताएका एलजीएफका कार्यक्रम संयोजक लावतीले जानकारी दिए । सार्बजनिक सुनुवाइ कार्यक्रममा ११ जना सेवाग्राहीले राखेको जिज्ञाशाको समाधान न.पा.का कार्यकारी अधिकृत निरजकुमार देवले गरेका थिए ।