मोफसल समाज

पाँचथरको चोकमागूमा अनौठो रोग भएकी किशोरी गरिबीका कारण परिवार चिन्तामा

फिदिम : नाम शान्तिदेबी तुम्बापो,उमेर २३ बर्ष,बोलाइने नाम सञ्जिना । घर फिदिम नगरपालिका ६ जोरकुलो । आँखा देख्दिनन । कान सुनिन्दन । वोल्न र हिडडुल गर्न पनि सक्दिनन । सुत्दा होस वा वस्दा टाउको र शरिर हल्लाइरहन्छिन, आफ्नै तालमा एकोहोरो गुन्गुनाइरहन्छिन ।

 

लत्ताकपडा आमाबुवाले नै फेरिदिनुपर्छ दिशा पिसाब पनि अविभावकले नै स्याहारिदिन्छन तर टाउको र हातखुट्टा चाँहि निरन्तर चलाइरहन्छिन । टाउको भुँइमा ठोक्छिन । अनि शरिर उठाँउदै बजार्दै गर्छिन । यिनको स्याहार सुसार गर्न भ्याइ नभ्याइ छ बुवा धनवहादुर र आमा धनमायालाई ।
८३ वर्षीय धनबहादुर तुम्वापो वुढ्यौलीका कारण काम गर्न नसक्दा श्रीमती र छोरीको पालन पोषण कसरी गर्ने भनेर चिन्तामा छन । भन्छन –“छोरीको उपचारका लागि प्रयत्न गर्नै सकिएन आँखा खुल्लान कि ? भनेर सिराहाको लहानसम्म लगें पार लागेन, जन्मेको एउटा छोरो छुट्एिर वसेको छ जन्मजात अनौठो रोगसँग लगाँई गरिरहेकी छोरीलाई पनि खान लाउन दिन नसकिएला जस्तो भयो ।”

 

सन्जिनाकी आमा धनमायाका अनुसार बाल्यकालमा आँखा देख्ने सञ्जिनाले केहि समय पछि क्रमशःदेख्न छोडेकी थिइन ।यसरी शरिर र टाउको फ्किरहँने उनलाई के भएको भनेर डाक्टरलाई नसोधेपनि धाँमी झाँक्रीले चाँहि गर्भमै छँदा बनदेवताले लागेको भन्ने गरेको उनले सुनाँइन ।

 

उनीहरुका छिमेकी दिनेश तुम्वापोका अनुसार करिब एक रोपनी जग्गा भएका धनवहादुर र धनमायाले पछिल्लो समय काम गर्न नसक्दा जग्गा जमिन पनि बाँझिएको छ । गरिबी र वुढ्यौलीसँग सँगै जन्मजात विरामी छोरीका लागि हात मुख जोर्ने समस्याले यो दम्पती पिरोलिएको छ ।धनबहादुर र धनमायालाई आर्थिक सहयतासँगै उनीहरुकी बिरामी छोरीको उपचार र पुर्नस्थापनाका लागि दाता वा सामाजिक संघ सस्थाको ध्यान जानु जरुरी रहेको दिनेश वताँउछन ।

error: Content is protected !!