फिचर

पाठक बिहिन बन्दै पुस्तकालय

पाँचथर : कुनैबेला पाठकको खचाखच भीड लाग्ने सदरमुकाम फिदिमको पाँचथर सामुदायिक पुस्तकालयमा पछिल्लो दशबर्षयता घट्न थालेको पाठकको चाप अहिले सुन्यप्रायःहुन्छ छ ।
पाँचथर सामुदायिक पुस्तकालयमा नेपाली,अंग्रेजी भाषा साहित्यसँगै इतिहास,धर्म, सस्कृति र व्याकरण सँग सम्बन्धित नया पुराना गरी चारहजार भन्दा धेरै पुस्तक छन । तीनतले भवनमा रहेको यो पुस्तकालयमा पुस्तकसँगै गीत संगीत र अन्ध विधामा रमाउने पाठक स्रोता र दर्शकको रुचिलाई ध्यान दिँदै श्रव्य,दृश्य र सांगितिक उपकरण पनि राखिएको छ ।
पछिल्लो समय प्रविधिको विकाससँगै इन्टरनेट र युटुव मार्फत नया पुराना पुस्तक पठ्न र सुन्न पाइने भएकाले पनि पुस्तकका पाठक घटेको त्यहाँका व्यवस्थापक मंगल बेघा अनुमान गर्छन । तर पाठकहरु भने जिल्लाका शिक्षक,प्राध्यापक,पत्रकारसँगै साहित्यका पारखीहरुमा पठन सस्कार घट्नुका साथै पुस्तकालयहरुमा पुराना लेखकका अनि खोजे अनुरुसारका पुस्तक नभेटिने गरेकाले पनि पुस्तकालयप्रतिको रुचि घटेको टिप्पणी गर्छन ।
“भनेजस्ता पुस्तक पुस्तकालय नभेटिने भएकाले पारखीहरुले पनि पुस्तक पसलमै खरिद गर्ने अनि आलोपालो गरेर अध्ययन गर्नुपर्ने बाद्यता छ ।”– लेखक तथा साहित्यकार रामप्रकाश गुरुङ भन्छन ।जिल्लाकै सबैभनदा सुविधा सम्पन्न र ठुलो पाँचथर सामुदायिक पुस्तकालयमा केहि कर्मचारी र सोहि भवनमा रहेको बाल बिकास केन्द्रमा छोराछोरी पु¥याउन आउने केहि अविभावक बाहेक पाठक नै हुँदैनन ।
सदरमुकाममा रहेको यो पुस्तकालय २०४९ सालमा स्थापना भएको हो । प्रारम्भमा नमूना सहकारी पुस्तकालय नामले स्थापित यो पुस्तकालय भौतिक रुपमा पनि सम्पन्न छ । पछिल्लो समय रिड नेपालको सहयोगमा पुस्तकालयमा चाहिने सवै पुर्वाधार निर्माण गरिएको छ ।
सदरमुकाम फिदिममा यो सँगै विभिन्न संघ सस्था र स्कुल क्याम्पसले पनि पुस्तकालय खोलेका छन । स्कुल र क्याम्पसमा पाठ्यक्रमका पुस्तक पढ्ने बाहेक बाह्य ज्ञान हासिल गर्न अध्ययन गर्ने ब्यक्तिको संख्या पनि सुन्यजस्तै छ । पुस्तकालयकी कर्मचारी संगिता देवान दैनिक २ देखि ५ बजेसम्म खुल्ने यो पुस्तकालयमा कहिलेकाँहि १०–१२ जना र धेरैजसो सुन्य संख्यामा पाठक आउने गरेको अनुभव सुनाँउछिन ।सदरमुकाम बाहेक जिल्लाका याङनाम,यासोक,रानिटार र आङसराङ लगायतका स्थानमा सञ्चालित पुस्तकालयको पनि हालत यस्तै छ ।
सामुदायिक सँगै जिल्लामा राजनैतिक दलका भातृ संघठनहरुले पनि पुस्तकालय खोलेका छन । ती पुस्तकालयमा पनि पाठकको उपस्थिति सुन्यप्रायः हुने गरेको छ । समुदायकै लागि खोलिएका जिल्लाका यासोक,याङनाम र आङसराङका पुस्तकालयमा पनि पाठकको उपस्थिति सुन्य पायः हुन्छ ।
समुदायकै उपस्थिति न्युन हुँदा त्यहाँ गरिएको लगानी खेर जाने त पक्का छ पछिल्लो फेसवुक र इन्टरनेटमा रमाइरहने अहिलेका र भावी पुस्ताको बौद्विक विकास कतिसम्म हुन्छ भन्ने प्रश्न उब्जिएको छ ।

रेडियो मितेरी Live