फिचर

वेसहारा बालकको पानलपोषणका लागि कोष स्थापना

फिदिम : जन्मेको चार महिनामा आमाको मृत्यु भए पश्चात बुवा पनि बेपत्ता भएपछि बेसहारा बनेका आठराई संक्रान्तिका सात महिने बालकको पालनपोषण र स्वास्थ्यो पचारका लागि लाइन्स क्लब अफ पाँचथरको सक्रियतामा कोष स्थापना गरिएको छ ।
संक्रान्तिको शिरुवानी बस्ने मिना लोहारको मृत्यु भएपछि बुवा खगेन्द्र लोहार पनि बेपत्ता भएपछि बेसहारा बनेका सात महिने बालक सोरोजको पालनपोषण र स्वास्थ्योपचारका लागि कोष स्थापना गरिएको लाइन्स क्लब पाँचथरका अध्यक्ष मित्र प्रसाद काफ्लेले जानकारी दिए ।  आमा बुवा नभएपछि बेसहारा बनेका सारोजलाई फिदिम नगरपालीका १ बस्ने उनकी हजुरआमा नाताकी पबित्रा बिकल पाल्दै आएकी छिन् । पबित्राको पनि आर्थिक अवस्था कमजोर भएकाले बालकको पालनपोषणका लागि प्रत्येक महिना तीन हजार रुपैँया उपलब्ध गराउने गरि कोष स्थापना गरिएको हो ।
कोष स्थापना गर्नका लागि क्लबका अध्यक्ष काफ्लेले फेसबुक लगायतको सामाजिक सञ्चालनबाट सहयोग गर्न आग्रह गरेका थियो । सोही आग्रह अनुसार कोष स्थापनाका लागि विभिन्न ३५ जनाबाट संकलन भएको ९० हजार एक सय ३१ रुपैँयाको कोष स्थापना गरिएको काफ्लेको भनाई छ । फिदिममा सञ्चालित हातेमालो बहुउद्धेसिय सहकारी संस्थामा खाता खोलेरले कोष स्थापना गरिएको हो । उक्त कोषबाट प्रत्येक महिना तीन हजार रुपैँया बच्चाको पालनपोषण गर्ने पबित्रालाई उपलब्ध गराइने भएको हो ।
आमा मिनाको मृत्यु भएपछि बुवा खड्गले आफुलाइ बच्चा जिम्मा लगाएर खड्ग बेपत्ता भएका थिए । “बुवा कहाँ छन्, अत्तोपत्तो छैन,” पबित्राले भनिन “कलिलो बच्चा हुर्काउनै गाह्रो भा छ ।” बच्चाको विजोक देखेर आफुले बच्चालाई बचाउनका लागि आफुले कोष स्थापना गर्न जोड दिएको काफ्ले जनाकारी दिए ।