मोफसल

मितेरी क्विजका विजेतालाई रेडियो हस्तान्तरण

रेडियो मितेरीले शुरुवात गरेको मितेरी क्विजको फागुन महिनाका विजेता हेमराज सापकोटालाई मंगलवार उपहार स्वरुप रेडियो हस्तान्तरण गरिएको छ ।
रेडियो मितेरीले फागुन १८ गतेदेखि शुरु गरेको मितेरी क्विजमा विजेता वनेका १३ जना सहभागी मध्येवाट लक्की ड्रमा पर्न सफल पाँचथर पञ्चमी निवासी सापकोटालाई रेडियो मितेरीको कार्यालयमा प्रवन्ध सञ्चालक लक्ष्मी गौतमले रेडियो हस्तान्तरण गरे । मितेरी क्विजका विजेताका लागि तेह«थुम ओयाक्जुङ घर भइ हाल इजरायलमा वस्दै आउनु भएका समाजसेवी देव वास्कोटाले उपहार स्वरुप रेडियो प्रायोजन गरेका हुन । स्रोता जगतकम ज्ञानको भण्डार बढाउनुका साथै बौद्धिक विकासका लागि रेडियो मितेरी र वास्कोटाको सहकार्यमा मितेरी डेली क्विज शुुरु भएको स्टेशन म्यानेजर खविन लुइटेलले वताए ।

error: Content is protected !!