फिचर

ज्येष्ठ नागरिकलाई सामुहिक सम्मान

फिदिम : पाँचथर सदरमुकामको फिदिम नगरपालिका क्षेत्रका २८ जना ज्येष्ठ नागरिकलाई मंगलवार सामुहिक सम्मान गरिएको छ । फिदिम नगरपालिकाको सहयोगमा जिल्ला स्थित ज्येष्ठ नागरिक जिल्ला संघ पाँचथरले यत्तिको संख्याका ज्येष्ठ नागरिकलाई न्याना कपडा प्रदान गर्नका साथै मिष्टान्न भोजन दिलाएर सम्मान गरेको हो ।
फिदिम स्थित शिवालय मन्दिर परिषरमा आयोजित एक कार्यक्रममा प्रमूख अतिथि पाँचथरका प्रमूख जिल्ला अधिकारी बिनोदकुमार खड्का र जिल्ला समन्वयव समितिका सचिव गिरिराज ज्ञवालीलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए ।
नगरपालिकामा रहेको लक्षित वर्ग अन्तरगतको कार्यक्रम मार्फत उपलव्ध वजेटवाट यत्तिका पहिलो चरणमा फिदिम नगरपालिकाको वडा नम्वर १ का १४ र ४ का १४ गरि २८ जनालाई सामुहिक सम्मान गरिएको ज्येष्ठ नागरिक जिल्ला संघका सचिव सारदा थापाले बताइन ।
कार्यक्रममा सदरमुकाम क्षेत्रका ५० भन्दा धेरै ज्येष्ठ नागरिक उपस्थित थिए । सोहि कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला संघ पाँचथरले जिल्लाका नव आगन्तुक प्रजिअ खड्का र स्थानीय विकास अधिकारी ज्ञवालीललाई स्वागत गरेको थियो ।