मोफसल

हात्तिपाइले बिरुद्धको अभियान

जिल्ला जनस्वास्थ कार्यालय पाँचथरले चैतको ४ देखि ७ गतेसम्म हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सञ्चालन गर्ने भएको छ ।
कार्यालयले मंगलवार विहान आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरकृयामा यो जानकारी दिइएको हो । देशव्यापी रुपमा चैतको ५ देखी ७ गतेसम्म सञ्चालन हुन गइरहेको अभियान पाँचथरमा भने ४ गते नै उद्घाटन गर्ने कार्यक्रम रहेको स्वास्थ शिक्षा प्रशिक्षक तेजवहादुर तुम्वापोले जानकारी दिए ।
उनका अनुसार चैत ४ गते फिदिम वजारमा जिल्लाका कार्यालय प्रमूख र संघ सस्थाका पदाधिकारीको उपस्थितिमा जिल्ला न्यायधिस,प्रमूख जिल्ला अधिकारी लगायत कार्यालय र संघ सस्थाका प्रमूखले औषधी खाएर अभियानको उद्घाटन गर्नेछन ।
पाँचथर जिल्लामा १ लाख ८० हजारलाई औषधी खुवाउने लक्ष राखिनुका साथै त्यसका लाग १ हजार ६ सय ३७ स्वास्थकर्मी र स्वयमसेवक परिचालन गरिएको जिल्ला स्वास्थ कार्यालय पाँचथरले जनाएको छ ।

error: Content is protected !!