मोफसल

फिदिम नगरपालिकाले ग¥र्यो कार्य प्रारम्भ

फिदिम : पाँचथर सदरमुकामको फिदिम नगरपालिकाले नयाँ संरचनामा कार्य प्रारम्भ गरेको छ । स्थानीय तह पुर्नसंरचना आयोगले गरेको पुर्नसंरचना अनुसार १४ वटा वडा निर्धारण गरिएको यो नगरपालिकाले मंगलवार औपचारिक रुपमै बोर्ड,लेटरप्याड र छाप आदीको उद्घाटन गर्दै कार्य प्रारम्भ गरेको हो ।
नगरपालिकामा आयोजित एक समारोहमा प्रमूख जिल्ला अधिकारी बिनोद कुमार खड्काले बोर्ड उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला स्थित सरकारी र गैर सरकारी कार्यालय र सस्थाका प्रतिनिधिसँगै सञ्चारकर्मी सहभागी थिए । बोर्डको उद्घाटन पश्चात नगरपालिकाका कार्यकारी अधिकृत निरजकुमार देवले नयाँ संरचनामा नगरपालिकाको सिमा र कर्मचारीलाई दिइएको जिम्वेवारीवारे जानकारी गराए ।

error: Content is protected !!