कला साहित्य

होलिमा रङिगयो पाँचथर

फिदिम : पुर्बी पहाडी जिल्ला पाँचथरमा आइतवार बिहानैदेखि होलिको रौनक देखिएको छ ।
सदरमुकाम फिदिम सहित बि–भिन्न स्थानका बजार र टोल टोलमा बिहानैदेखि हातमा रङ र लोला लिएर होलि खेल्नेहरु सकृय छन । होलिमा बाल–बालिकादेखि युवा,युवती,किशोर किशोरी र बृद्वबृद्वासम्म रमाइरहेका छन ।
होलिमा यहाँका कर्मचारीहरु पनि बिहानैदेखि रमाइरहेका छन । बिहान ८ बजे कर्मचारी मिलन केन्द्रले जिल्ला बिकास समितिको खुल्ला मञ्चबाट होलि खेल्ने कार्यक्रम औपचारिक रुपमा शुरु गरेको थियो ।
होलिमा जिल्ला न्यायधिस,प्रमूख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमूखसँगै सम्पूर्ण कार्यालयका कर्मचारी उद्योगी व्यवसायी र पत्रकारले साथ दिएका थिए । आपसी सद्भाव र भाइचराको सम्बन्ध स्थापना गर्न होलि बिशेष कार्यक्रम आयोजना गरिएको मिलन केन्द्रका सचिव ध्रुव राइले वताए ।