विश्व

कोरियाले यो बर्ष लैजाने कामदारको सख्या बढाउने

जेठमा परिक्षा

काठमाडौँ, १६ फागुन, रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया सरकारले यो वर्ष १० हजार भन्दा बढी नेपाली कामदारको माग गरेको छ । कोरियाले आइतबार पठाएको प्रस्ताव अनुसार यो वर्ष कृषि र उत्पादनमुलक क्षेत्रमा गरी १० हजार भन्दा बढी कामदारको माग गरेको हो ।

इपिएस कोरिया शाखाका एक अधिकृतले दिएको जानकारी अनुसार कोरिया सरकारले आइतबार सो प्रस्ताव नेपाल पठाएको हो । उनले आ भने, ‘कोरिया सरकारले १० हजार भन्दा बढी कामदारको माग सहित परीक्षा आवेदन फर्म भर्ने र परीक्षा मितिको प्रस्ताव गरेको छ ।’ उनले यहाँ मन्त्री स्तरको बैठक बसी सो प्रस्तावलाई पास गर्नु पर्ने र त्यसपछि मात्रै आधिकारिक रुपमा संख्या र आवेदन फर्म र परीक्षाको मिति सार्वजनिक हुने बताए । उनले भने, ‘हामी बैठककोलागि मन्त्रीज्यूको समय मिलाउँदै छौँ । केही दिनभित्रै बैठक बसेर यसको आधिकारिक निर्णय गर्छौँ ।’

कोरिया सरकारले पठाएको प्रस्तावअनुसार २०७४ सालको जेठ २७ र २८ गते परीक्षा मिति तोकिएको छ । यसैगरी सो परीक्षाको लागि यही चैतको ९ गतेदेखि १८ गतेसम्म परीक्षा आवेदन फारम भर्ने मिति तोकिएको छ । कोरियाको प्रस्तावमा उत्पादनमूलक क्षेत्रमा ३ हजार ८ सयभन्दा बढी र कृषि क्षेत्रमा ६ हजार भन्दा बढी कामदारको माग भएको छ । गत वर्ष निक्कै कम कामदार माग गरेको कोरियाले यो वर्ष भने नेपाली कामदारको संख्या बढाएको छ । आजको खबर बाट

 

 

 

error: Content is protected !!