फिचर

पाँचथरमा चौंरी महोत्सवको तयारी

दुर्लभ बन्दै गएको चौंरी पालन व्यवसायको पर्वधन गर्ने उदेस्यले पाँचथरको प्राङवुङमा पहिलो पटक चौंरी पर्या पर्यटन महोत्सव आयोजना गरिने भएको छ ।
जिल्लाको प्राङवुङ,सिदिन र मेमेङका चौरी पालक कृषकहरुको अगुवाइमा महोत्सव आयोजना हुन लागेको हो । चौरी पर्या पर्यटन महोत्सवका लागि प्राङवुङ स्थित सुर्केथाम दुग्ध सहकारी र शिखरगुम सामुदायिक बन उपभोक्ता समिति लगायतले सहजिकरण गरिरहेका छन । होत्सव चैत अन्तिम साता आयोजना गर्न लागिएको फालेलुङ चौंरी पालन फार्मका सञ्चालक चन्द्रलाल नेपालले जानकारी दिए ।
उनका अनुसार महोत्सव सम्पन्न गर्न जिल्ला वन कार्यालय पाँचथर,जिल्ला विकास समिति पाँचथर,गाँउ विकास समिति प्राङवुङ लगायतका सरकारी कार्यालय सँगैै स्थानीय संघ सस्था र सहकारीले सहयोग गरेका छन । महोत्सव आयोजना गर्न रामचन्द्र गुरुङ संयोजक रहेको ६५ सदसीय मुल समारोह समिति सहित वि–भिन्न समिति उप समिति गठन गरिएको पनि नेपालले जानकारी दिए । उनका अनुसार थर्कप्रसाद गुरुङको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति,लक्ष्मी गौतमको संयोजकत्वमा प्रचार–प्रसार समिति,जंगप्रसाद राईको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति,तारावीर राईको संयोजकत्वमा सडक मर्मत समिति,मिमा तामाङको संयोजकत्वमा सास्कृतिक समिति र साजन राईको संयोजकत्वमा स्वयमसेवक परिचालन समिति गठन गरिएको छ ।
महोत्सवमा पाँचथर सहित पुर्वी नेपालका पाँचथर,ताप्लेजुङ,इलाम,झापा हुँदै काठमाण्डौ सहित भारतको सिक्किम र दार्जिलिङका वासिन्दाको सहभागिता हुने आयोजक समितिका संयोजक गुरुङले जानकारी दिए । महोत्सवमा चौंरी पालन व्यवसायलाई आधुनिकिकरण गर्न ज्ञान र सिपको आदान प्रदान सहित चौंरीको दुधवाट निर्मित परिकार,तथा रौं छाला आदीवाट निर्मित सामग्री तथा चौंरीको जीवन चक्रका विषयमा जानकारीमुलक सामग्री प्रदर्सनीमा राखिने भएको छ ।