मोफसल

रेडियोकर्मी बन्न इच्छुकका लागि तालिम

मितेरी समाचार
फिदिम : रेडियो मितेरीले रेडियोकर्मी बन्न इच्छुक हरुका लागि तालिम शुरु गरेको छ । रेडियो र अनलाइनका लागि आवस्यक जनशक्ति उत्पादन गर्ने उदेस्य सहित आयोजना गरिएको तालिम पाँचथर सदरमुकाम फिदिम स्थित तमोर भ्याली गेष्ट हाउसमा सञ्चालन भइरहेको छ ।
तालिममा ३० जनाको सहभागिता छ भने सहभागीहरुलाई रेडियो नेपालका कार्यक्रम संयोजक अमरधोज लामाले सहजिकरण गरिरहेका छन ।