विचार

किन गरिरहेका छन चर्चित मान्छेहरुले आत्महत्या ?

दुई साताअघि लन्डनमा चर्चित नेपाली र्‍यापर यम बुद्ध अर्थात् अनिल अधिकारीको आत्महत्याको समाचारले उनका प्रशंसकमाझ तरङ्ग ल्यायो।

 

सामाजिक सञ्जालभरि यम बुद्धको मृत्युको समाचार बहसको विषय बन्यो। कतिले कायरले मात्र आत्महत्या गर्छन् भनी रोष व्यक्त गरे भने कतिले उनको मनमा के बितेको थियो होला भन्दै सहानुभूति प्रकट गरे। हुन त यम बुद्धको मृत्युबारे अनुसन्धान जारी छ। तर, जबजब कुनै चर्चित मानिसले आत्महत्या गरेको खबर आउँछ तबतब समाजमा प्रतिक्रियाका पनि दुई ध्रुव खडा हुन्छन्। एकथरि मानिस आत्महत्यालाई कायरता ठान्छन् भने एकथरिले आत्महत्या गर्ने व्यक्तिको मनको आवेगप्रति सहानुभूति देखाउँछन्।

 

मृत्यु एउटा सत्य हो। जन्मिएका हरेक प्राणी ढिलोछिटो मात्र हो तर मृत्युको काखमा पुग्छन् नै। तर मृत्यु स्वाभाविक कि अस्वाभाविक भन्ने विषयले जीवित मानिसभित्र गहिरो छाप छोड्छ। बृद्ध उमेर, रोग, दुर्घटना अथवा अन्य कुनै आकस्मिक कारणले गर्दा मानिसको मृत्यु भएमा त्यसलाई स्वाभाविक मानिन्छ। आत्महत्या या हत्या जस्ता घटना अस्वभाविक मृत्यु हुन्। स्वभाविकले भन्दा अस्वभाविक मृत्युका घटनाले मृतकसँग जोडिएका मानिसलाई गहिरो आघात पार्छ। बाँचेका आफन्त, साथीसंगी, समर्थक, प्रशंसकहरुले व्यक्त गर्नै नसकिने पीडाको अनुभव गर्छन्।

 

अझ समाजमा कुनै न कुनै माध्यमबाट स्थापित व्यक्तिको मृत्युको समाचारले सीमित परिवारको घेरा नाघेर सिंगो समाज वा देशलाई नै स्तब्ध बनाउँछ। किनकि चर्चित व्यक्तिहरुसँग धेरैको भावनात्मक सम्बन्ध हुने गर्छ। गीत(सङ्गित, साहित्य, कलाकारिता, खेलकुद, राजनीतिजस्ता विधामा आबद्ध व्यक्तिहरुले समाजमा फराकिलो क्षेत्र ओगटेका हुन्छन्। त्यस्ता मानिसले अरु धेरै मानिसलाई भावनात्मक रुपमा बाँधेर राख्न सफल हुन्छन्। त्यसैले यी क्षेत्रका चर्चित व्यक्तिको मृत्यु वा आत्महत्याले कैयौँलाई उद्वेलित गराउँछ। हालसालै भारतको तमिलनाडूकी मुख्यमन्त्री जयललिताको निधनको खबरले मात्र पनि उनका कैयौँ समर्थकले आत्महत्या गरेको घटना सेलाएको छैन। अझ त्यस्तै प्रख्यात मानिसले आत्महत्या नै गरेको घटनाले धेरैलाई आहत बनाउने गर्छ। चर्चित मानिसको आत्महत्याले जनमानसमा भावनात्मक रुपमा नकारात्मक असर पार्छ।

 

मानिस जति चर्चित र ख्यातिप्राप्त किन नहोस्, उसको मनभित्रको आरोह(अवरोह उसैले महसुस गर्ने हो। एउटा व्यक्तिका रुपमा उसले अनुभूत गर्ने दुःख, पीडा, खुसी, आनन्द उसको निजी कुरा हुन्छ। तर चर्चित व्यक्तिहरुबाट धेरैले सकारात्मकताको मात्र अपेक्षा राख्छन् र आफ्नो रोलमोडल बनाउँछन्। त्यस्ता व्यक्तिको आत्महत्या अकल्पनीय नै हुन्छ।

 

चर्चित मानिसलाई प्रशंसक वा समर्थकले उसको कामबाट चिनेका हुन्छन्। ऊसँग भावनात्मक रुपमा सामिप्यता महसुस गर्छन्। तर उसको जीवनमा के बितिरहेको छ? उसको मानसिक अवस्था कस्तो छ? उसको निजी जीवन कुन उथलपुथलबाट गुज्रिरहेको छ भन्ने धेरैलाई थाहै हुँदैन। उसलाई टाटाबाट प्रेम गर्नेहरुले नजिकबाट नियाल्न पाएका हुँदैनन् र ऊबाट कुनै गल्ती हुनेछ भन्ने कल्पना पनि गर्दैनन्।

 

मानिस कस्तो मनोभावमा छ भन्ने कुराले आत्महत्या किन हुन्छ भन्ने कुराको पुष्टि गर्छ। आत्महत्या अन्ततः मानसिक रोगको उपज नै हो। विश्वमै मानसिक रोगको समस्या बढ्दो क्रममा छ। तथ्यांकहरु हेर्ने हो भने, विश्वमा मानसिक रोगको प्रकोप हरेक वर्ष १० देखि १५ प्रतिशतले बढ्दो छ। यही अनुपातमा आत्महत्याको संख्या पनि बढ्दो छ। अझ यो भन्दा धेरै अनुपातमा आत्महत्याको प्रयास गर्नेहरु छन्।

 

मानसिक रोगले कुनै देश, धर्म, जाति, वर्ग, लिङ्ग, धनी(गरिब भनेर छोड्दैन। १९ देखि ३० वर्ष सम्मका युवाको मृत्युको प्रमुख कारणमध्ये आत्महत्या पनि एक हो। विश्वभरि हरेक वर्ष हुने करिब आठ लाख आत्महत्यामा सबैभन्दा धेरै संख्या १९ देखि ३० वर्षका युवा( युवतीको हुन्छ।

 

सामान्तया, मानिसभित्र सल्बलाइरहेका मानसिक घटनाक्रमको अन्दाज लगाउन मुस्किल हुन्छ। बाहिरबाट हेर्दा मानिस चुस्त(दुरुस्त देखिन्छ, सबैसँग सामान्य व्यवहार गरिरहेको हुन्छ, हाँसी(हँसाइरहेको हुन्छ, आफ्नो काम गरिरहेको हुन्छ तर भित्री रुपमा पीडामा हुन सक्छ। त्यस्ता व्यक्तिको जब एकाएक आत्महत्याको खबर आउँछ, पत्याउनै गाह्रो पर्छ। केही दिनअघिसम्म सामान्य अवस्थामा रहेको मान्छेले अचानक किन आत्महत्या गर्‍यो होला भनेर, उसको आत्महत्यालाई धेरैले स्वीकार्न सकिरहेका हुँदैनन्।

 

आत्महत्या हुनुभन्दा अघि मानिस जे(जस्तो अवस्था वा गतिविधिमा छ तिनै कुरालाई मृत्युको कारणका रुपमा जोडेर हेर्नुपर्ने सामाजिक र कानुनी वाध्यता भए पनि मनोविज्ञानले त्यसलाई मात्र कारक तत्व मान्दैन। ती अवस्था र व्यक्तिको जीवनमा आएका असहज परिस्थितिले आत्महत्या गर्न वाध्या पारेको जस्तो देखिए पनि वास्तविक कारण फरक हुने गर्छ। यद्यपि मानिसले केही संकेतहरु भने देखाएका हुन्छन्। मृत्युअघिका चालचलन र संकेतहरु देखिनुको संयोग पनि मानसिक अवस्थाको उपज नै हो। अधिकांश आत्महत्याको जरो खोतल्ने हो भने त्यो मानसिक रोगमै गएर टुंगिन्छ।

 

आज कुनै व्यक्तिले आत्महत्या गरेको छ भने, त्यसको कारण फगत हिजो र आजको विषम परिस्थिति मात्र हो भन्नु गलत हुन्छ। यस्तो प्रकारको मानसिकता विकसित हुन महिनौँ अथवा वर्षौं लाग्छ। घटना अचानक जस्तो लाग्छ तर मान्छेले लामो समय लगाएर भित्री रुपमा तयार भएर निकै चलाखिपूर्ण तरिकाले आत्महत्या गर्ने गरेका हुन्छन्।

 

व्यक्तित्व चर्चित भए पनि नभए पनि उसलाई निर्दे्शित गर्ने भित्री तत्व सबैको हुन्छ। यही भित्री व्यक्तित्वले मानिसको बाहिरी व्यवहार निर्धारण गर्छ। आत्महत्या पनि एक व्यवहार हो। मानसिक रोग लागेपछि व्यक्तिले यस्तो प्रकारको व्यवहार देखाउँछ। सामान्य मानसिकता भएका व्यक्तिले सकेसम्म आफूलाई बचाउने प्रयास गर्दछन्, यस्तो प्रकारको मानसिक रोग लागेपछि चाहिँ व्यक्तिले आफ्नो जीवन समाप्त पार्ने प्रयास गर्दछ।

 

आत्महत्यालाई एक मानसिक रोगका रुपमा स्वीकार गर्नु नै बढ्दो आत्महत्या रोकथाम गर्ने पहिलो कदम हुनेछ। यदि आत्महत्या एउटा रोग हो भन्ने कुरा स्वीकार गर्ने हो भने यसका सुरुवाती लक्षण कस्ता हुन्छन् भनेर बुझ्नु जरुरी हुन्छ। आत्महत्या गर्ने व्यक्तिले केही वर्ष वा महिना पहिलेदेखि नै विशेष संकेतहरु दिने गरेका हुन्छन्।

ती निम्न प्रकारका हुन सक्छन्स्

‍( एकाग्र हुन नसक्नु, प्रस्ट रुपमा सोच्न नसक्नु।
( आफ्नो समानहरु सजिलै अरुलाई सुम्पिनु।
( आफू टाढा जान खोजेको अथवा सम्बन्धबाट टाढा बस्न खोजेको जस्तो देखाउनु।
( व्यावहारमा एका(एक परिवर्तन देखिँदै जानु। विशेषगरी, छट्पटाउने अनि तुरुन्त सान्त भएर बस्नु।
( पहिला रमाइलो लाग्ने कामहरुमा रुचि नदेखाउनु, वास्तै नगर्नु।
( आफैँलाई बिगार गर्ने व्यहार देखाउनु (जस्तैः अत्यधिक मदिरा सेवन, नशालु पदार्थ सेवन, शरीरमा चोटपटक लगाउने आदि)।
( साथीसँग टाढा बस्न खोज्नु अथवा एकान्त रुचाउनु।
( एका(एक काममा, परिवारमा समस्याहरु देखिनु।
( मृत्यु अथवा आत्महत्याबारे कुरा गर्नु।
( आफैँलाई नोक्सान गर्ने बारेमा कुरा गर्नु।
( निसहाय अथवा ग्लानि अनुभव गर्नु।
( निद्रा र खाना खाने बानीमा परिवर्तन अर्थात अनिच्छा देखाउनु।
( आत्महत्याका लागि तयारी गर्नु (जस्तैः डोरी घरमा राख्ने, विषालू पदार्थ राख्ने) आदि।

 

निम्न अवस्था भएमा आत्महत्याका व्यवहारहरु देखिने गर्छन्स्
( उदासीपन, दिक्दारीपन।
( अत्यधिक निरास अथवा अत्यधिक हर्सित हुने भएमा।
( नशा तथा दुर्व्यसनी भएमा।
( जीवनमा घटेका अकल्पनीय घटनाहरुले दिने तनाव।
( तनावयुक्त जीवन (आर्थिक अभाव, परिवारिक सम्बन्धमा दरार, प्रेममा धोका आदि)।
( अन्य मानसिक समस्याहरु।

 

आत्महत्या गर्ने व्यक्तिहरुले जीवनमा भएका घटनासँग संघर्ष गर्न नसकिँदो रहेछ भन्ने कुरामा विश्वास गर्न थाल्छन्। ती घटनाक्रमबाट उनीहरु टाढा जाने प्रयास गर्छन्। आत्महत्या गर्ने व्यक्तिहरुले निम्न कुराबाट राहत खोजिरहेका हुन्छन्स्
( लज्जाबोध, ग्लानि अथवा अरुका लागि भार बनेर बसेको भावना।
( अरुको सिकार बनेको अथवा अरुद्वारा दुरुपयोग भएको भावना।
( तिरस्कृत भएको, एक्लोपन अथवा सबैबाट त्यागिएको भावना।

 

आत्महत्याको खतरामा रहेका व्यक्तिहरु प्रायः उपचारको खोजीमा लाग्दैनन्। किनकि उनीहरुको समस्या कुनै पनि कुराले ठिक हुँदैन भन्ने भ्रममा गहिरो विस्वास गर्छन्। फेरि मानसिक अवस्थाबारे चासो र जानकारी राख्ने चलन हाम्रोमा कमै छ। मानसिक रोगका बिरामीहरुलाई समेत अन्तिम चरणमा पुगेपछि मात्र उपचारका लागि ल्याइने गरिन्छ। जसले गर्दा आत्महत्या गर्न तम्सिनेहरुमा आफूले निर्धारण गरेका कुरामाथिको विश्वास झन् बढ्दै जान्छ। आत्महत्या गर्न रुचाउने मानिसभित्र केही कुरा गहिरो गरी गडेर बसेका हुन्छन्। उनीहरुले कुनै पनि कुराले र कसैले पनि मलाई सहयोग गर्दैन भन्ने ठानेका हुन्छन्। यस्तै, आफूलाई भएको समस्या कसैलाई भन्नुको कुनै अर्थ छैन भन्ने विश्वासमा परेका हुन्छन्। सहयोगका लागि भन्नु भनेको आफ्नो कमजोरी देखाउनु हो भन्ने भ्रमले उनीहरुको मनमा जरा गाडेको हुन्छ। धेरैले यो एक प्रकारको रोग हो भन्ने स्वीकार्न सकिरहेका हुँदैनन् र कहाँ सहयोग माग्ने या कसलाई समस्या सुनाउने भन्नेबारे थाह पाएका हुँदैनन्।

 

तसर्थ, मानिसले सामान्यभन्दा केही फरक लाग्ने व्यवहार देखाउन थाल्छ, हतास र निरास मात्र हुन्छ, एकान्त रुचाउँछ भने उसलाई परिवार र साथीभाइले निगरानी बढाउनुपर्छ। सामाजिक र पारिवारिक मान्यताका कारण मानसिक तनावमा पुगेका मानिसलाई उपचार गराउन लैजाने चलन छैन। हरेक मानसिक समस्यालाई ’पागलरबहुला’ को जनरले हेर्ने हाम्रो सामाजिक चेतना पनि ठूलो चुनौती बनेर बसेको छ।

 

नेपाली युवा(युवतीको बढ्दो वैदेशिक रोजगारीले गर्दा सामाजिक मूल्य(मान्यताहरु फेरिँदै गएका छन्। रेमिट्यान्सको अंक जसरी बढिरहेको छ, सम्बन्धहरु भत्किने क्रम पनि त्यसैगरी बढिरहेका छन्। अन्ततः आर्थिक, सामाजिक, सम्बन्ध र वैयक्तिक तनावहरुले जेलिएर मानिस मानसिक समस्याको शिकार बनिरहेको छ। परिवर्तित सामाजिक परिस्थितिहरुसँग जुध्न नसकेर पनि धेरै युवा(युवति मानसिक रोगको चक्रमा पुगेका छन्, आत्महत्याको बाटो रोज्न पुगेका छन्।

 

हामीले चर्चित व्यक्तिको आत्महत्यालाई मात्र ठूलो घटनाका रुपमा लिन्छौँ र चर्चा परिचर्चा गर्छौँ। तर आत्महत्या गर्ने व्यक्ति चर्चित होस् या दूरदारजको कुनै अज्ञात व्यक्ति किन नहोस् उसको मनमा खेल्ने कुरा र मस्तिष्कमा आउने उथलपुथल उस्तैउस्तै हुनसक्छ। अतः आत्महत्यालाई एउटा रोगका रुपमा स्वीकारेर यसका संकेतहरु चिनेर समस्यामा परेको मान्छेलाई सही दिशा निर्देश गर्न सकियो भने धेरै युवा(युवतीलाई आत्महत्याबाट जोगाउन सकिन्छ कि।

स्रोत स्वास्थ खवर पत्रिका

error: Content is protected !!