अर्थ

अम्रिसोको भाउ घटेपछि कृषकलाई घाटा

फिदिम : पूर्वी पहाडि जिल्लाहरुमा उत्पादन भएको कुचोले भाउ नपाउँदा कृषकहरु मर्कामा परेका छन् ।
गत वर्ष ७० रुपैया प्रति के.जी.विक्री गरेको कुचो यस वर्ष झण्डै आधा सस्तो ३५ देखि ४० रुपैया प्रति के.जीका दरले विक्री गर्न कृषकहरु वाध्य भएका हुन् । कुचोको मुख्य सिजनमा समेत भाउ नपाउँदा आफूहरु मर्कोमा परेका पाँचथर सराङडाँडाका कृषक तिल बहादुर पाण्डेले वताउनुभयो ।
पूर्वी पहाडि जिल्ला पाँचथर,इलाम,ताप्लेजुङ,तेह्रथुम,धनकुटा लगायतका जिल्लामा कृषकहरुले ब्वसायिक रुपमै अम्लिसो लगाएका छन् । गत वर्षको तुलनामा अहिले मुलुकमा उत्पादन भएको कृषिजन्य वस्तुको निर्यातमा समस्या भएको हुँदा कुचोले भाउ नपाएको ब्यापारीहरु वताउँछन् ।
अम्लिसो घाँसको रुपमा र त्यसको फूल कुचोको रुपमा विक्री हुने गरेको कृषकहरु वताउँछन ।