समाज

अग्नि पिडीत बस्ने टहरा व्यापारीको पकडमा

फिदिम : पुष १ गते भएको आगलागीवाट विस्थापित भएको तेह्रथुमको आठराई स्थित संक्रान्ती बजारका अग्नि पीडितका लागि वनाइएका टहरामा जिल्ला बाहिरवाट आएका व्यापारी व्यवसायीले पकड जमाएका छन ।
स्थानीय स्तरमा गठित अग्नी पीडित राहत तथा उद्वार समिति,इलाका प्रशासन कार्यालय र सांसद सिता गुरुङको पहलमा निर्मित ती टहरामा केहिदिनयता व्यापारीहरुले पकड जमाएका हुन । इलामको फिक्कल र झापाको बिर्तामोडवाट व्यावसय गर्न आएका दर्जनौ व्यापारीले करिव डेढसाता ती टहरा पकडमा लिएको पीडितहरुको गुनासो छ ।
ती व्यापारीले अग्नी पीडित वस्दै आएका टहरा अगाडी कपडा फिँजाएर व्यापारीहरु वसेपछि आवतजावतमा असर गर्नुका साथै ढोका समेत बारेर व्यावसाय संचालन गर्न थालेको पीडितहरुको गुनासो छ । हरेक महिनाको १ गते संक्रान्तिबजार हाट लाग्ने बजारमा परम्परा देखि व्यावसाय गर्नेले समेत ठाउँ पाएका छैनन । परम्परा देखि व्यावसाय गर्दै आएका व्यापारीहरूले व्यापार गर्ने ठाउँ नपाएपछि उद्योग वाणिज्य उपशाखा संक्रान्तिबजारमा ग’नासो गरेका छन ।
नयाँ व्यापारीहरूले स्थानीय प्रशासन र उद्योग वाणिज्य संघलाई जानकारी नगरी पिडीतको टहरा बसेको वाणिज्य संघ संक्रान्तिबजारले जनाएको छ ।

error: Content is protected !!