समाज

बिर्तामोड मा आइ ई एल टि एस को परिक्षा सम्पन्न

मितेरी समाचार

मेची अञ्चलको इतिहासमा झापा जिल्लाको बिर्तामोडमा पहिलो पटक आइ ई एल टि एस को परिक्षा सम्पन्न भएको छ। क्याम्ब्रिज बिश्वबिद्धालयको आइ ई एल टि एस को परिक्षा विर्सतामाेडमै सम्पन्न भएको हो । बिर्तामोड स्थित रोयल प्यालेसमा आइडीपी मार्फत परिक्षा सम्पन्न भएको हो। लामो समयको प्रतिक्षा पश्चात पूर्वका बिद्धार्थीहरुले आफ्नै ठाउँमा परिक्षा दिन पाएका छन। अब पूर्वका बिद्धार्थीहरुले भारतको सिलिगुडी तथा काठमान्डौ जानु नपर्ने भएको छ। शनिबार पूर्व क्षेत्रका ७३ जना बिद्धार्थीहरु पहिलो परिक्षामा सामेल भएका छन। यसै बीच आइ डी पी एजुकेशन नेपाल प्रालिले सुक्रबार बिर्तामोड सेन्टरको उद्घाटन गरेको छ। आइ डी पी नेपालका आइ ई एल टि एस अपरेसन म्यानेजर कबिर खड्गी साथै पुर्वान्चल क्षेत्रका शैक्षिक परामर्श ब्यबसायीहरुको उपस्थितिमा सेन्टर उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा पुर्बांचल इक्यान संयोजक दिवाकरलाल चौधरीले “पुर्वान्चलका ब्यबसायीहरुले आइ ई एल टि एस मा भोगेका समस्यालाइ ध्यानमा राख्दै सामुहिक प्रयासबाट बिर्तामोडमै आइ ई एल टि एस को परीक्षा गराउन सफल भएको र यसको निरन्तरताको लागि सबैबाट निरन्तर सहयोग आबस्यक रहेको” बताउनु भयो