समाज

पाँचथरको ग्रामिण विद्यालयबाट सुरु भयो अनलाइन शिक्षा

फिदिम : जिल्लाको ग्रामिण क्षेत्रमा सञ्चालित नांगीन माध्यमिक विद्यालय नांगीनका विद्यार्थीहरुले अबदेखि कम्प्युटरको प्रयोग गरि अनलाइनबाटै अध्ययन गर्ने भएका छन् ।
समता फाउण्डेशन (इक्वालिटि फाउण्डेशन) नेपालले सौजन्य गरेको सामुदायिक विद्यालयहरुको आधुनिकिकरणका लागि प्रोजेक्टर सहितका कम्प्युटर हस्तान्तरण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनले शुक्रबार अनलाइ शिक्षाको उद्घाटन गरेपछि मुलुकमै पहिलोपटक सामुदायिक विद्यालयका विद्यार्थीहरुले अनलाइबाटै अध्ययन गर्ने भएका हुन् ।
अमेरिकामा स्थापना भएको गैरसरकारी संस्था इक्वालिटि फाउण्डेशनको शाखा नेपालमा स्थापन गरि सामुदायिक विद्यालयहरुलाइ आधुनिकिकरण गर्ने उद्धेस्यले अनलाई शिक्षा कार्यक्रम अघि बढाइएको हो । फाउण्डेशनको आर्थिक र प्राविधिक सहयोगमा इन्टरनेट सहितको कम्प्युटर ल्याब विद्यालयमा सञ्चालन गरिनेछ । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पाठ्यक्रमलाई आधार मानेर कम्फ्युटर सफ्टवयरको माध्यमबाट विद्यार्थीहरुलाई अनलाई शिक्षा दिने तयारी गरिएको हो ।
विद्यालयमा अनलाइ शिक्षा सञ्चालनका लागि फाउण्डेशनले छ लाख मूल्य बराबरका २० थान कम्प्युटर र एउटा प्रोजेक्टर प्रदान गरेको फाउण्डेशनका अध्यक्ष पोफेसर मेदनी अधिकारीले जानकारी दिए । “तीन महिना सम्मका लागि फाउण्डेशनले नै प्राविधिक खटाउनेछ,” अधिकारीले भने “त्यो अवधिमा प्राविधिकले सम्बन्धित विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाउने योजना हो ।” शिक्षकहरु अनलाइ र प्रविधिमा दक्ष भएपछि उनिहरुले विद्यार्थीहरुलाई अनलाइबाटै पढाउनेछन् ।
विद्यालयमा विहान र बेलुकाको समयमा शिक्षक र अभिभावकहरुले अनलाइन शिक्षा लिनेछन् । विद्यालय समयमा विद्यार्थीहरुलाई पाठ््यक्रममा भएका कुराहरुलाई इन्टरनेटमा खोजेर पठ्ने व्यवस्था मिलाइएको हो । अनलाइन शिक्षा लिनका लागि विद्यालयमा नेपाल दूर सञ्चारबाट प्रदान गरिने ५१२ केबिपिएको इन्टरनेट जडान गरिएको छ । “सामुदायिक विद्यालयहरुलाई स्मार्ट स्कूल बनाउने योजना हो,” अधिकारीले भने “ग्रामिण क्षेत्रका बालबालिकालाई संसारका जुनसुकै ठाँउमा प्रतिस्पर्धामा उत्रन सक्ने बनाउने लक्ष्य हो ।”
फाउण्डेशनका उपाध्यक्ष ज्ञानमणी नेपालले वताए ।
“यो समय कम्प्युटरको जमाना हो,” पुनले भने “इन्टरनेटमा पनि त्यतिकै दखल राख्नुपर्छ, इन्टरनेट बिनाको कम्प्युटर नुन विनाको तरकारी जस्तै हुन्छ ।” प्रविधिको जमानामा सरकाले नै कम्प्युटरमा साक्षरता अभियान चलाउनुपर्ने बताए ।  कार्यक्रमलाई सम्बोधन गर्दै सांसद भीष्मराज आङ्देम्बेले आफू मार्फत सञ्चालन हुने बजेट बहुआयामिक क्षेत्रमा खर्च गर्न तयार भएको बताए । “सरकारी विद्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखाना जस्तै भएका छन्,” आङ्देम्बेले भने “त्यसलाई अन्त्य गर्न प्राविधिक शिक्षाको खाँचो छ ।” बर्तमान समयमा अलाइन शिक्षा कार्यक्रम सञ्चालन गर्नु अति नै आवश्यक रहेको आङ्देम्बेले बताए ।
फाउण्डेशनको ‘आफ्नो स्कूल आफैँ बनऔँ’ भन्ने कार्यक्रम अन्तर्गत अनलाइ शिक्षा कार्यक्रमलाइ अघि बढाएको हो । यो कार्यक्रम पहिलो चरणमा पाँचथरका २७ ओटा सामुदायिक विद्यालयमा लागु गरिने भएको छ । फाउण्डेशनका पाँचथर संयोजक राधाकृष्ण न्यौपानेका अनुसार फिदिम मावि फिदि, गढी मावि, सुखबोध मावि, कालिका मावि, जनकल्याण मावि, सरस्वती मावि, सिद्धकालिका मावि चोकमागु, भगवती मावि सिवा, नागीन मावि नांगीन, सिद्धदेवी मावि नांगीन, कालिका मावि नांगीन, खलङ्गाटार मावि याङनाम, सिहसिद्ध मावि औंशुभञ्ज्याङ, हादेव गुप्तेश्वर मावि लुङरुपा, रानीटार मावि रानीटार, इथुङ मावि रानीटार, जलसिंह मावि पौवासारताप, सिद्धदेवी मावि नवमिडाँडा,लुम्फाबुङ मावि लुम्फाबुङ, पृथ्वी मावि यासोक, जयनारायण मावि आङसराङ, सिद्धेश्वरी मावि भारपा, सिद्धकालिका मावि भारपा, जोपोखरी मावि भारपा, श्रीजंगा मावि गोपेटार, थर्पु मावि थर्पु र पाँचथर बहुमुखि क्याम्पसमा अनलाई शिक्षा लागु गर्ने तयारि गरिएको छ । अनलाई शिक्षा कार्यक्रम पाँचथरमा सफल भए देशव्यापि रुपमा अभियान चलाउने बताइएको छ ।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पुनले सरकाले कम्प्युटर शिक्षालाई अनिवार्य बनाउनुपर्ने धारणा राखे ।