मोफसल

झोलुङगे पुलको भार परिक्षण

जिल्ला बिकास समितिको आर्थिक सहयोग र सिरिजंगा ग्रमिण बिकास केन्द्र पाँचथरको सामाजिक तथा प्राबिधिक सहयोगमा गत आर्थिक वर्षमा निर्माण भएको सिदिन १ र २ लाई जोड्ने ७० मिटरको रसने झोलुङगे पुलको भार परिक्षण सम्पन्न गरेको छ ।
फाल्गुन ५ गते जि.बि.स का इन्जिनियर प्रेम बहादुर काफ्ले ,टि.बि.एस. यु बाट नरबहादुर सम्हाम्फे र भागवत यादब , नर्थ स्टार मितेरी नेपाल जे.भि बाट यादब प्रसाद वाग्ले र सिरिजगा ग्रामिण बिकास केन्द्र का श्री राम लिम्बुकोे उपस्थितिमा भार परिक्षण गरीएको हो ।
झो.पु निर्माण भए पश्चात सो पुल डिजाइन अनुसार बने नबनेको र सो पुलले डिजाइन अनुसारको भार धान्न सक्ने नसक्ने कुराको निक्र्योल गर्नको लागी झो.पु को भार परिक्षण गर्ने गरीन्छ । भार परिक्षण पाँचथरमा झोलुङ्गे पुलको इतिहासमा पहिलो पटक गरीएको हो । हाल सम्म १४० झो.पु हरु निर्माण पछि पाँचथरमा पहिलो पटक भार परिक्षण गरीको हो ।
७० मिटर लम्बाईमा बनेको रसने झो.पुमा जम्मा २८ हजार केजि बराबरको लोड हाली परिक्षण गरीएको थियो । सोहि परिक्षणमा १०० प्रतिशत भार धान्दै रसने झो.पु आफ्नो डिजाइन अनुसारको भार परिक्षणमा सफल भएको छ ।

error: Content is protected !!