मोफसल

कर्तब्य ज्यान मुद्दामा बिस वर्ष कैद भएका फरार पक्राउ

 

अदालतबाट कैद तथा जरिवाना सजाय भइ फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने सिलसिलामा कर्तब्य ज्यान मुद्दामा २० (बिस) वर्ष कैद सजाय भएका ५२ बर्षिय ताक्सी लामा (तामाङ) पक्राउ परेका छन्।

 

तामाङलाई पूर्व क्षेत्रीय प्रहरी अनुसन्धान समुह (RIT) बाट खटिएको प्रहरी टोलीले सोमबार इटहरीबाट पक्राउ गरेको हो। खोटङ मातिम-९ घर भएका तामाङ केही समयदेखि सुनसरी ईटहरी उपमहानगरपालिका ९ मा बस्दै आएका थिए।

 

खोटाङ जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा २० बर्ष  कैद सजाय फैसला सुनाईएको तामाङको लगत सुनसरी जिल्ला अदालतमा रहेको कारण सोमबार नै उनलाई अदालत पेश गरी फैसला कार्यान्वयनकालागी क्षेत्रीय कारागार, झुम्का चलान गरिएको  छ।

error: Content is protected !!