मोफसल

सुरक्षा विशेष अनुशिक्षण दोस्रो समुहको तालिम उद्धघाटन

????????????????????????????????????

प्रहरी प्रधान कार्यालय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा संचालन भएको सुरक्षा विशेष अनुशिक्षण घुम्ति तालिम दोस्रो समुहको जिल्ला प्रहरी कार्यालय पाँचथरमा उद्धघाटन भएको छ ।

 

सफल अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रभावकारीता ल्याउनको लागी संचालन गरिएको यो तालिम जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक नकुल पोखरेलज्यूले उद्धघाटन गर्नु भएको थियो । विभिन्न चरणमा गराईने यो तालिमको पहिलो समुहमा जिल्लाभरिका कुल २७ जना प्रहरी कर्मचारीहरु सहभागी रहेका थए भने दोस्रो समुहमा कुल २८ जना प्रहरी कर्मचारीहरु सहभागी रहेका छन् ।

 

जस मध्ये ५ जना प्रहरी हवल्दार, २३ जना प्रहरी जवान छन् भने २ जना महिला प्रहरी कर्मचारी समावेश रहेका छन् । ६ कार्यदिन रहेको उक्त तालिम यही ११ गतेसम्म चल्नेछ । तालिम उद्घाटनन कार्यक्रममा बोल्दै प्रनाउ पोखरेलले प्रशिक्षार्थिहरुलाई शुभकामना दिनुहुदै तालिमबाट प्राप्त शिप र ज्ञानलाई प्रयोग गरी जनतालाई छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।