राजनीति

चार नेताको सहमतिले राप्रपा फुट्ने संकेत

काठमाडौं : अध्यक्ष पदका प्रत्याशीका रुपमा रहेका राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनी माथि कार्यकर्ता हरुबाट चरम दवाब पर्न थालेको छ ।

 

राष्ट्रिय अध्यक्ष समेत रहेका लोहनी कै निवासमा कार्यकर्ताहरु दुई दिन लगातार धर्ना कस्दै महाधिवेशनमा निर्वाचन लड्न चर्को दवाब दिइरहेका छन् । ३४ सय प्रतिनिधि भएको महाधिवेशनमा चार नेताले कसरी सहमति गर्न सक्छन् ? बन्दकोठामा चार नेताले संझौता गर्ने हो भने महाधिवेशन नै किन चाहियो ? देशभरका कार्यकर्तालाई गुमराहमा राख्न पाइन्न, कार्यकर्ताको चित्त कसरी बुझाउने ?भन्दै प्रश्नहरु राख्दै कार्यकर्ताहरुले डा. लोहनी माथि दवाब दिइरहेको, नाराबाजी गरीरहका छन् ।

 

५० सालमा एकताको महाधिवेशनमा चुनावी प्रतिष्पर्धा स्थगित गरिएको थियो । तत्कालनी संझौता मात्र नेताको अवधारणा राप्रपाले अवलम्बन गरेको थियो, जसमा सुर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द र राजेश्वर देवकोटा बीच शक्ति सन्तुलन र बाडफाडको रुपमात्र नेताको रुपमा सामुहिक नेतृत्वको अवधारणा राप्रपाले अनुसरण गरेको थियो ।

 

तर यस पटकको सहमतिमाशक्तिबाडफाडको कुनै ठोस प्रस्ताव ल्याइएन । अध्यक्ष पदमा कमल थापालाई सर्वसम्मत गर्ने कागज मात्र गरियो जस कारण पार्टीको दीर्घ एकता मा खलल पुग्ने चिन्ता कार्यकताहरुको थियो । चार नेताबीचभएको यस्तो असन्तुलित समझदारीले पार्टी एकता सुढृद नहुने बरु यस किसीमको एकतर्फी संझौताले शक्ति सन्तुलन कायम नभएर, पार्टी फुट्ने खतरा बढेको भन्दै कार्यकर्ता हरुले लोहनी माथि रोष प्रकट गरे । ‘सहमति एकताको लागि भनिएपनि यसले पार्टी विभाजनको बिजारोपण गरेको छ, त्यसैले सहमतिमा पूनःविचार गरिनु पर्दछ । तपाई चुनाव लड्नुहोस्, हामी साथ दिन्छौं,’ यसो भन्दै कार्यकताहरु नेता लोहनीमाथि खनिने क्रम जारी रहेको छ ।