मोफसल

कमल थापाले भने गणतन्त्र राष्ट्रिय यथार्थ

काठमाडौं :राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र राष्ट्रिय यथार्थ भएको स्वीकार गरेका छन् ।

पार्टीको कार्य सम्पादनको वैठकमा राजनीतिक प्रस्ताव प्रस्तुतगर्ने क्रममा अध्यक्ष थापाले गणतन्त्रबाट पछिहट्न नसकिने यस्तो अडान प्रस्तुत गरेका हुन् ।
यस अघिपनि सरकारमा जाने क्रममा थापाले गणतन्त्रको मातहतमा जारी भएको संविधान लाई उत्कृष्ट भएको संज्ञा दिएका थिए । राष्ट्रपतिको निर्वाचनमा समर्थक बनेर हस्ताक्षर गरेकै कारण राजसंस्थाका समर्थकहरुबीच थापा आलोचित बनेका थिए ।

अध्यक्ष थापाले विधिवत रुपमा गणतन्त्र अकाट्य यथार्थ भएको स्वीकार गरेकै वैठकले अर्कोतर्फ राजसंस्थाको पक्षमानिर्णय समेत गरेको थियो । वैठकमा राप्रपाले संसदको मातहत रहने राजतन्त्रको अवधारणा समेत अनुमोदन गरेको हो । कार्य सम्पादन समितिका एक सदस्यका अनुसार, राष्ट्रिय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको जोडबलमा यस्तो प्रस्ताव वैठकमा प्रस्तुत गरिएको थियो र अन्ततःपारित समेत गरिएको थियो ।

राजतन्त्रको मुद्दा जनमत संग्रहबाट टुंगो लगाइनु पर्ने लाइन समेत राप्रपाले सो वैठकमा अनुसरणगरेको थियो ।

error: Content is protected !!