फिचर

प्रधानमन्त्रीले गरे हेँवा ए जलविद्युत आयोजनाको उद्घाटन,सुवाष नेम्वाङ, जनार्दन र प्रधानमन्त्री विच घोचपेच

फिदिम : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जल विद्युत आयोजनाहरुमा लगानीको वातावरण वनाएर मुलुकको समृद्वी खोज्न राज्य लागि परेको बताएका छन ।

पाँचथरको नाँगीन र भारपालाई सिमाना छुट्याएर बग्ने हेँवा खोला ए जलविद्युत आयोजनाको उद्घाटन गर्दै दाहालले यस्तो बताएका हुन । जलस्रोतको धनी भन्दा भन्दै पनि लगानीको वातावरण नबन्दा अध्ययन सम्पन्न भएर पनि अगाडी बढ्न नसकेका योजनाहरु नेपालीहरुकै लगानीमा अगाडी बढाउन नेपाल सरकारले नीति बनाउने पनि प्रधानमन्त्रीको उद्घोष थियो ।

सोहि कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले पाँचथर र तेह«थुमलाई सिमाना छुट्याएर बग्ने तमोर खोलामा अध्ययन गरिएको तमोर जलासययुक्त आयोजना निर्माण गरेरै छोड्ने उद्घोष पनि गरे । ७ सय ६२ मृेगावाट क्षमताको तमोर जलासययुक्त आयोजना अगाडी बढ्न सके प्रदेश नम्वर १ सोहि विद्युतले आत्म निर्भर बन्नुका साथै मुलुककै उर्जा संकटलाई व्यवस्थापन गर्ने भएकाले कम्पनी निर्माण गरेर उक्त आयोजनामा लगानीका लागि सम्भाव्यता अध्ययन गरिरहेको उनको भनाई थियो ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले यसै साताभित्र स्थानीय तहकोको निर्वाचन मिति घोषणा गर्नै बताए ।
अघिल्लो दिन आफुले प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँग गरेको सम्वाद र छलफलले पनि निर्वाचन मिति घोषणा गर्ने वातावरण वनेको उनको भनाई थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै उर्जा मन्त्री जनार्दन सर्माले उर्जा क्षेत्रमा भएका अनियमिततालाई निमिट्यान्न पार्दै त्यस क्षेत्रमा जनताको सहभागिता गराउन मन्त्रालयले भरमग्दुर कोशिष गरिरहेको वताए ।
निर्वाचनको ढोका खोलिदिनुस नेम्वाङ

नेकपा एमाले संसदीय दलका उप नेता सुवाषचन्द्र नेम्वाङले यथासिघ्र निर्वाचनको मिति घोषणा गरेर मुलुकलाई संविधान कार्यन्वयनको दिशातर्फ अग्रसर गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । “निर्वाचनको माहौल वनाउने जिम्मा तपाँइकै हातमा छ प्रधानमन्त्री ज्यू” यहाँले जसरी विजुलीको स्विच अन गरेर विद्युत सुचारु गर्नुभयो त्यसैगरी निर्वाचनको मिति घोषणा गरेर संविधान कार्यन्वयनको ढोका खोलिदिनुस ।” नेम्वाङले भने ।
इलेक्ट्रिसियनको भूमिका खेलिदिनुस नेम्वाङ जी शर्मा

नेम्बाङले निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए लगत्तै उर्जा मन्त्री जनार्दन शर्माले एमाले नै निर्वाचनका मिति घोषणा गर्ने विषयमा वाधक वनेको संकेत गर्दै त्यसको वाधा अड्काउ फुकाउन सुत्राधारको भूमिका खेल्न आग्रह गरे ।

“प्रधानमन्त्री जी निर्वाचनकाृे स्विच अन गर्न आतुर हुनुहुन्छ तर अलिकति तार काटिएको हुँदा तपाँईले इलेक्ट्रिसियनको काम गरिदिनु प¥र्यो । ” सर्माको जवाफ थियो । कार्यक्रममा सहभागि हुन प्रधनमन्त्री प्रचण्ड ,एमाले संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङ र उर्जा मन्त्री जनार्दन सर्मा छुट्टाछुट्टै हेलिकोप्टर चढेर पाँचथर आइपुगेका थिए ।

पाँचथर पावर कम्पनीलेले निर्माण गरेको हेँवा ए जलविद्युत आयोजना २०६७ सालदेखि निर्माण कार्य प्रारम्भ भई गत मंसिरमा सम्पन्न भएको हो । १४.९ मेगावाट क्षमताको उक्त आयोजना २ अर्व ६० करोडको लागतमा सम्पन्न भएको कम्पनीका प्रवन्ध सञ्चालक पुष्पज्योती ढुंगानाले जानकारी दिए ।
कम्पनीका अध्यक्ष तथा सांसद उमेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगू,सांसदहरु ीभष्मराज आङदेम्वे र गणेश काम्वाङ लगायतले वोलेका थिए ।
प्रचण्डले गरे आमसभालाई सम्वोधन

प्रधानमन्त्री प्रचण्डले जलविद्युत उद्घाटन पश्चात नेकपा माओवादी केन्द्र पाँचथरले आयोजना गरेको आम सभालाई सम्वोधन गरे । आमसभामा वोल्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचन हुने कुरामा शंका नगर्न भन्दै त्यसका लागि तयार रहन कार्यकर्तालाई आग्रह गरे ।
पछिल्लो समय प्रमूख राजनैतिक दलका शिर्ष नेतासँग भएको सम्वादले मुलुक निर्वाचनतर्फ उन्मुख भइसकेकाले यहि साताभित्र निर्वाचन मिति घोषणा गर्ने उनको भनाई थियो ।

error: Content is protected !!