फिचर

एम.अार.अार काेरिया नेपाल चिनाउने अभियानमा

 कोरियन मात्र हैन विदेशीहरुलाई पनि नेपालबारे प्रचारप्रसार गरिने ब्रोसर वितरण गर्न गरिएकाे अायाेजकले जनाएका छन् । नेपाल कहाँ पर्छ ? नेपालमा के के छ ? के के पाइन्छ ? जस्ता सँगै काम गर्ने कोरियनहरुको प्रश्नले आजित बनेका युवा मनहरु यसरी अभियानमा जुटेको सहभागीहरुको भनाइ छ ।  बुद्ध भारतमा जन्मेका हुन्, सगरमाथा तिब्बतमा पर्छ भन्ने कयौं कोरियनहरुको भ्रम चिर्दै नेपालको सही पहिचान गराउन यसरी सडकमा ब्रोसर बाँड्न आएको अभियानका सदस्य अर्जुन श्रेष्ठले सुनाए । नेपाल प्राकृतिक सौन्दर्य साथै विविध कला र संस्कृतिले सम्पन्न देश भनेर चिनाउन कोरियाको विभिन्न सार्वजनिकस्थल वा सडकमा यसरी निस्कने विचार गरेको अभियानका अगुवा एलवी श्रेष्ठले अर्थ्याए ।

अभियानमा साथ दिन आएका दक्षिण कोरियाका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि तथा एनआरएनए आइसीसी प्रतिनिधि केपी सिटौलाले अझै कोरियाका धेरैले नेपालबारे नबुझेकोले यस्ता अभियानले थप सहयोग पुग्नेमा विश्वास ब्यत्त गरेका छन् ।