अर्थ

विद्यार्थीलाई बैंकको सहयोग

लक्ष्मी गौतम
नाँगीन मावि पुलभञ्ज्याङका १६ जना छात्रछात्रालाई शैक्षिक सहयोग उपलव्ध गराएको छ ।
बैकको सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विद्यार्थी र विद्यालयलाई शैक्षिक सहयोग उपलव्ध गराइएको बैंकले जनाएको छ । बैंकले समथिङ फाउण्डेसन सँगको समन्वयमा विद्यालयको कक्षा १ देखि १० सम्म अध्ययनरत विपन्न र जेहेन्दार १६ जना छात्रछात्रालाई मंगलवार सामग्री उपलव्ध गराएको हो ।
वितरित सामग्रीमा छात्रलाई सर्ट पेष्ट,जुत्ता र मोजासँगै छात्रालाई सर्ट फ्रक जुत्ता र मोजा छन । विद्यालयमा आयोजित एक समारोहमा यत्तिका विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालयलाई ग्लोव सहित राष्ट्रिय झण्डा,राष्ट्रिय जनावर तथा विज्ञान र गणित विषयका शैक्षिक सामग्री उपलव्ध गराइएको थियो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै बैंकका शाखा प्रवन्धक टेकवहादुर बस्नेतले बैंकको सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विगत वर्षहरुमा सदरमुकाम केन्द्रीत कार्यक्रमलाई यो वर्ष ग्रामिण क्षेत्रसम्म विस्तार गरिएको जानकारी दिए ।
समथिङ फाउण्डेसनका अध्यक्ष मंगलवहादु बेघाका अनुसार वितरित सामाग्री करिव ३० हजार मुल्यको छ ।
बैंकले विगत वर्ष गडी मावि गडीका दृष्टिबिहिनसँगै बालमन्दिर प्रावि फिदिमका विपन्न समुदायका छात्रछात्रालाई सामग्री उपलव्ध गराएको थियो ।
विद्यालय परिषरमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यार्थी,शिक्षक,अविभावक,वैंकका कर्मचारी,फाउण्डेसनका पदाधिकारी र सञ्चारकर्मी उपस्थिति थिए ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनारायण आचार्यले बैंकले विद्यालयमा गरेको सहयोगको प्रसंसा गरे । शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीहरु दंग परेका थिए ।