मोफसल

फिदिम नगरपालिकाको बजेट ९ करोड ६० लाख

फिदिम : चालु आर्थिक वर्षकोे ९ करोड ६० लाख ४६ हजार २ सइ २२ रुपैंयाको वजेट सहित नीति र कार्यक्रम सार्वजनिक गर्दै फिदिम नगरपालिकाको चौथो नगर परिषद विहिवार सम्पन्न भएको छ ।
परिषदमा नगरपालिकाका कार्यकारी अधिकृत निरजकुमार देवले चालु आर्थिक वर्षको वजेट सहित आगामी आर्थिक वर्षका लागि प्रश्तावित कार्यक्रम र आय व्यय प्रश्तुत गरे । आगामी वर्षका लागि भने चालु आर्थिक वर्षको तुलनामा ंथप १० प्रतिशत बृद्वी गरी ९ करोड ८५ लाख ४३ हजार २ सय रुपैंया वजेट प्रताव गरिएको छ ।
नगरपालिकाले चालु र आगामी आर्थिक वर्षमा शिक्षा,स्वास्थ,खानेपानी,सरसफाई पर्यटन विकास र लक्षित वर्ग लगायतका २० वटा शिर्षकलाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडी वढाउने कार्यकारी अधिकृत देवले प्रश्तुत गरेको वजेट तथा नीति कार्यक्रममा उल्लेख छ ।
सांसद अइन्द्र सुन्दर नेम्वाङले प्रमूख अतिथिको आसनवाट उद्घाटन गर्नुभएको नगर परिषदमा पाँचथरका कार्यालय र संघ सस्था प्रमूखसँगै नगर क्षेत्रका सरोकारवाला तथा सञ्चारकर्मीको पातलो उपस्थिति थियो ।

पत्रकार सुब्बालाई नगरविकास पत्रकारिता पुरस्कार
फिदिम  : फिदिम नगरपालिकाले सञ्चालन गर्दै आएको नगर विकास पत्रकारिता पुरस्कार यो वर्ष व्लाष्ट टाइम्स दैनिकका पाँचथर समाचारदाता सन्देश सुब्वालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखासँगको समन्वयमा सञ्चालन गरिँदै आएको उक्त पुरस्कार स्थानीय इगल एफएमका समाचार सम्पादक समेत रहेका शुब्वालाई प्रदान गरिएको हो ।
सुब्वालाई नगर परिषदमा एक समारोहविच कार्यक्रमका प्रमूख अतिथि सांसद अइन्द्र सुन्दर नेम्वाङ, पाँचथरका प्रमूख जिल्ला अधिकारी किरण थापा र नगरपालिका कार्यकारी अधिकृत निरजकुमार देवले प्रदान गरे । दुई वर्षअघि स्थापना भएको उक्त पुरस्कारको राशी दश हजार नगद र सम्मान पत्र छ ।