राजनीति

कार्यकर्ता रिझाउन भागबण्डामा बजेट बाँडफाँट

फिदिम : पाँचथर जिल्लावाट प्रतिनिधित्व गर्ने सांसद हरुले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत आएको बजेट आफुखुशी बाँडफाँट गरेका छन ।
प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका बजेट हुने क्षेत्र विकास विशेष पुर्वाधार कार्यक्रममा सांसदहरुले भागवण्डामा वजेट बाडफाड गरेका हुन ।
प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा रहने निर्वाचन क्षेत्र विशेष कार्यक्रम व्यवस्थापन तथा निर्देशन समिति भएपनि त्यसलाई वेवास्ता गर्दै प्रत्यक्ष र समानुपातिक सासदहरुले भाग भागवण्डा गरी आफू अनुकुल योजना बाडँफाड गरेको जिल्ला विकास समिति पाँचथरले जनाएको छ ।
जिविस स्रोतका अनुसार जिल्लाको महत्वका आयोजना, विशेष पुर्वाधारका कार्यक्रम भन्दापनि कार्यकर्ता रिझाउने गरी उक्त कार्यक्रमको ६ करोड बजेट भागवण्डामा बाडफाड गरीएको हो । आवश्यक विकासका काम गर्ने गरी योजना वितरण गर्नुका साटो भागवण्डामा वजेट वितरण भएको हो । जिल्लाको प्राथमिकता तथा महत्वका योजनाहरुलाई सांसदहरुले ख्याल नगरी बजेट बाढेको बताइएको छ ।
सांसदहरुले ल्याएका योजना पास भएर सम्झौता प्रकृया अघि बढेको स्थानिय विकास अधिकारी कोमल धमला बताँउछन । निर्वाचन क्षेत्र नं. १ का सांसद गणेश काम्बाङले आफूखुसी योजना छनौट गरेको भन्दै समानुपातिक तर्फका निर्वाचित सांसद श्रीप्रसाद जवेगूले असमति जनाएका थिए ।
काम्बाङले २ करोड र जवेगुले एक करोड वितरण गर्ने गरी सहमति जुटाएको जिविसले जनाएको छ । समिति भएपनि सांसदहरुले आफुले चाहेका ठाँउमा योजना बाडफाड गरेको भन्दै स्थानीय स्तरमा आलोचना समेत हुन थालेको छ । यस अघि काम्वाङले आफ्नो योजना पेश गरेर जिल्ला विकास मार्फत काम अघि बढ्ने तयारीमा पुगेको थियो । त्यहि बखत स्थानिय विकास राज्यमन्त्री रहेका जवेगुले असन्तुष्टि जनाएपछि रोकिएको थियो ।  निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत जिल्लामा कुल २४ योजना छानिएकोमा ६ वटा जवेगुले छनौट गरेका हुन ।
जवेगुको भागको बजेटले विद्युत पोल खरिद शिर्षकमा ४० लाख रुपैयाँ बजेट छुटिएको छ । नागिन माविको भवन निर्माण, प्राङवुङको टुनिवोटे–हेवाखोला सडक, खलङ्गाटार उच्च मावि भौतिक सुधार, मगरचेपा मोटरबाटो र लुङरुपमा कृषि सडकका लागि दश–दश लाख बजेट विनियोजन गरेका छन् । काम्वाङले नागिमा खेलमैदानका लागि २१ लाख, थर्पुमा शिवाखोला लद्युजलविद्यु कुलानिर्माणक लागि २० लाख रुपैयाँ र बाँकि योजनामा १० लाखका दरले बजेट वितरण गरेका छन् । काम्वाङ नेकपा (एमाले) र जवेगुले नेकपा (माओवादी) केन्द्रबाट प्रतिनीधित्व गर्छन् ।
यस अघि क्षेत्र नं.२ मा पनि भागबण्डामा बजेट वितरण भएको थियो । प्रत्यक्ष निर्वाचित सांसद भिष्मराज आङदेम्बे र समानुपातिकका सांसद आईन्द्र सुन्दर नेम्वाङले भागलगाएर बजेट बाडफाड गरेको बताइएको छ । नेम्वाङको भागमा ५७ लाख रुपैयाँ बजेट र बाँकि आङदेम्बेले वितरण गरेका हुन । नेम्वाङका पाँच योजना छन् । आङदेम्बेले आफ्नै गाँउ नविडाँडामा रहेको सिद्धदेवि उच्च माविको खेलमैदानका लागि ४० लाख बजेट छुट्याएका छन् । असहमतिक बिच सहमति खोजिएको सांसद नेम्बाङ बताउँछन् । आङदेम्बे कांग्रेस र नेम्वाङले नेकपा (माले) बाट प्रतिनिधित्व गर्छन् ।

 

विकासको प्राथमिकतामा भन्दा पनि राजनीतिक प्राथमिकताका आधारमा बजेट छुट्याइए फोरम लोकतान्त्रिकका जिल्ला सदस्य नरेन्द्र दुलालले बताए । कार्यकर्ता रिझाउने गरी बजेट विनियोजन भएको हो । विनियोजित बजेटको कामका लागि सम्बन्धित दल निकट कार्यकर्तालाई उपभोक्ता समितिको नेतृत्वमा राख्ने काम भईरहेको छ ।
समितिमा प्रत्यक्ष निर्वाचित सांसद संयोजक, सोहि क्षेत्रका समानुपातिक बाट निर्वाचित सांसद, स्थानिय विकास अधिकारी, नगरपालीकका कार्यकारी अधिकृत, विषयगत कार्यायलका पूर्वाधार सम्बन्धि प्रमुख, जिल्ला प्राविधिक कार्यालयका प्रमुख सदस्य र जिविसका अधिकृत सदस्य सचिव हुने नीतिगत व्यवस्था छ । समितिमा छलफल हुदैन । सांसदहरुले समितिमा आफूखुसि पेश गरेको योजना स्वीकृत हुन्छ । सांसदहरुले लिएर आएका योजनानै स्वीकृत गरीएको स्थानिय विकास अधिकारी धमलाले बताए । सासद तथा सम्बन्धित पार्टीले छानेका योजनामा बजेट छुट्याइएको छ ।
सांसद, सम्बन्धित राजीनीतिक पार्टि र सासदले तोकेका प्रतिनिधि अनुकुल बजेट विनियोजन भएको छ । ठुलो रकम भएकाले विशेष प्राथमिकतामा राखेर जिल्लामा पूर्वाधार विकास गर्न सकिने भएपनि कार्यकर्ता पोस्ने ध्येय देखिएको भन्दै अधिकांस दलका कार्यकर्ताको गुनासो छ ।
चाडैँ हुने भनिएको निर्वाचलाई ध्यान राखि बजेट कनिकाछरे जतिकै छरीएको हो । बढि रकम सडकमा विनियोजन गरिएको छ ।