अर्थ

कावेली ए जल विद्युत सँगै बाटो र पैसा,गाँउले खुसी

फिदिम : निर्माणाधिन कावेली ए जलविद्युत आयोजनाले स्थानीयसँग जग्गा खरिद प्रकृया अगाडी बढाएपछि गाँउलेहरु खुसी भएका छन ।

 

पञ्चमी–८, का ७५ बर्षिय कृष्ण प्रसाद दंगालले आफ््नो गाँउमा बाटो ल्याएको आयोजनाले जग्गाको पैसा उपलव्ध गराएपछि खुसि साट्दै भने –“यो दुर्गम गाँउमा बाटो ल्याउने भन्नेपछि निशुल्क जग्गा दिन लिखित सहमति गरेका थियौँ ।” हामिले जग्गा दिएका थियौं ।, हाईड्रोले क्षतिपूर्ति भन्दैँ पैसा दियो । बाटो पनि आयो, पैसापनि पाईयो ।’ सो ठाँउमा शुक्रवार यस्तो खुसि व्यक्त गर्नेहरु धेरै थिए । बैसमा धरानदेखि कपडा बोकाएर व्यापार गरेको अनुभव बोकेका दंगालले सडकलेनै सन्तुष्ट भएकाहरु पैसा झन खुसि भएको दाबि समेत गरे ।

 

कावेली ‘ए’ जलविद्युत आयोजनाका लागि समाग्रि ओसार–प्रसारका लागि भन्दैँ यहाँ सडक खनिएको सडकमा परेको जग्गा जनताले निशुल्क दिएपनि केहि समय सडक आयोजनाले प्रयोग नगरेको भन्दैँ क्षतीपूर्ती दिएको हो । आयोजना आसपासमा मेचीराजमार्गवाट दुई तर्फ सडक खनिएको छ । दुबै तर्फ का सडकले प्रयोग गर्ने जग्गा धनिलाई क्षतीपूर्ती दिइदै छ ।

 

सुरुमा आयोजनाले कावेली नदिकै नजिकवाट बाटो लैजान खोजेपनि स्थानियसँग कुरो नमिलेपछि पञ्चमीका वासिन्दाले निशुल्क जग्गा उपलब्ध गराएर बाटो खनिएको थियो । २०६७ सालमा गाँउमा सडक आउने भएपछि स्थानियले लिखित रुपमै सहमति जनाएर बाटो थिएका थिए । सोहि बर्ष मेचीराजमार्गमा पर्ने अमरपुरको भालु चोक देखि पिनासि घाटसम्म सडक खनिएको थियो । करिव ६ बर्ष पछाडी कावेली को कामले गति पाएपछि सडकले ओगटेको जमिन सरकारका नाममा पास गर्ने क्रममा स्थानिय जग्गा धनिलाई क्षतीपूर्ती बपात पैसा दिइएको हो ।

 

सरकारका नाममा पास गर्ने गरी स्थानियले आफ्नो जग्गा दिने सहमति जनाएपनि आयोजनाको काम केहि बर्ष अघि नबढेकाले क्षतीपूर्ती दिइएको हो । कावेली ए जलविद्युत आयोजनाका आयोजना प्रमुख विरेन्द्र श्रेष्ठका अनुसार बटो खनिएपछि प्रयोग नआएकाले क्षतीपूर्तीवापत स्थानिय वासिलाई तत्कालिन जिल्ला दररेट अनुसार ७५ प्रतिशत मूल्य बाटोमा प्रयोग गरीएको जग्गाको दिइएको हो । यतिखेर बाटोमा प्रयोग भएको जग्गा धमाधम सरकारको नाममा पास गरीदैँछ । भालुचोक देखि खोलाखर्कसम्म जाने आठ किलोमीटर र भालुचोकवाट पिसानी जाने बाटोमा पर्ने जग्गाका धनिलाई क्षतीपूर्ती दिइदैँ जग्गा सरकारको नाममा पास गरिदै छ । मालपोतले गरेको जग्गाको वर्गिकरण अनुरुप क्षतीपूर्ती वितरण गरीदैँ छ ।

 

जलविद्युत आयोजनाको प्रवद्र्धक कावेली हाईड्रोपावर कम्पनीले क्षतीपूर्ती दिएको छ । जिल्ला मालपोत कार्यालय पाँचथरले गाँउमानै शिविर सञ्चालन गरेर तथा सदरमुकामकै कार्यालयमा जग्गा धनि आएरपास गरिदैँ छ । सो क्षेत्रका सडकले छोएको जग्गाको कित्ता र नाप निकालेर सरकारको नाममा पास गर्ने काम भईरहेको कार्यालयका नायव सुब्बा दिनेश अधिकारीले बताए ।
दुवै क्षेत्रका जग्गा पास गरीदैँ छ । खोलाखर्क तर्फको ३७ जनाको जग्गा सडकमा परेको मध्ये २६ जनाले पास गराई सकेको श्रेष्ठले जानकारी दिए । यस्तै पिनासि तर्फको सडकले छोएका एक सय ३७ मध्ये ७९ जनाले पास गरीसकेका छन् । विदेशमा रहेकाहरुको तथा नामसारी गर्नुपर्ने जग्गामात्र पास गर्न बाँकि रहेको श्रेष्ठले जानकारी दिए । बाँकि सडकमा परेका जग्गा पनि सरकारको नाममा ल्याउने प्रयास भईरहेको उलने बताए ।

 

नौँ मीटर सडकको चौडाइलाई आवश्यक जग्गा नक्साङकन गरी पास गरिदैछ । ३ रोपनी तीन आनी जग्गा सडक पास गरेकी दिलमाया चौहानले तीस हजार रुपैयाँ पैसा पाइन । ‘बाटो आएकै थियो, हामि खुसि भएका थियौँ । पैसा पनी पाईयो झन खुसि छौँ । हामिले जग्गा त्यसै दिएका थियो, पैसा पाईयो’– उनले भनिन् ।

 

कम्पनीले केहि दिन पछि सडकको स्तर उन्नती गर्ने बताएको छ । ६ मिटर चौडाईमा फाईन ग्रावेल गरिने बताइएको छ । एक्सेस रोडको रुपमा प्रयोग गर्न लागिएको छ । जनवरी देखि ठेकेदार परिचालन गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिए । ३७ दशमलव ६ मेघावटको विश्व बैँक र अन्तराष्ट्रि वित्तिय संस्था ( आइएफसि)को लगानी रहने पूर्वको चर्चित आयोजना अघि बढ्ने अवस्थामा छ ।

 

पाँचथर र ताप्लेजुङको सिमाना भएर बग्ने कावेली खोलाको पानी प्रयोग गरेर आयोजनाको निर्माण हुने छ । विश्व बैँक र आइएफसि को ८० प्रतिशत ऋण लगानी र प्रवद्र्धक कम्पनीको बाँकि लागतमा आयोजनाको काम अघि बढ्ने छ । पाँचथरको अमरपुर र पञ्चमीमा निर्माणको काम हुने छ । आयोजना सम्पन्न गर्नका लागि १० अर्व लागत लाग्ने श्रेष्ठले बताए । सिभिल ठेकेदार छनौट, एक्सेस रोड लागायतका काम सकिएको श्रेष्ठले बताए । प्रवद्र्धक कम्पनीमा वुटवल पावर कम्पनी (विपिसि) र सिङ्गापुरको इन्फ्राको कम्पनीको लगानी छन् । यि दुई कम्पनीले लगानीको २० प्रतिशतको साझेदारी गर्दैछन् । अमरपुर–५ ठूलो धुसेनीमा बा“ध बा“धी कावेलीको पानी चार दशमलव ३२ किलोमिटर लामो सुरुङमार्गबाट अमरपुर–९ स्थित पिनासीघाटमा खसाउने लक्ष राखिएको छ ।