खेलकुद

आठौँ फाल्गुनन्द गोल्डकपको आय व्यय सार्वजनिक

फिदिम : पाँचथर सदरमुकाम फिदिममा सम्पन्न भएको आठौँ फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आयव्यय आयोजक फिदिम स्पोर्टिङ क्लबमा सोमबार पत्रकार सम्मेलनगरि सार्वजनिक गरेको छ ।
पुष १५ देखि २५ गतेसम्म सञ्चालन भएको प्रतियोगिताबाट आयोजक स्पोर्टिङ क्लबलाई दुई लाख १३ हजार दुई सय १५ रुपैँया फाइदा भएको पत्रकार सम्मेलनमा जनाइएको छ । प्रायोजक, चन्दा संकलन र गेटपासबाट उक्त रकम संकलन भएको हो । गेट पास विक्रिबाट १३ लाख ३१ हजार नौ सय ३० रुपैँया संकलन भएको आयोजकले जनाएको छ । प्रायोजक र चन्दादाता गरि १६ लाख ३१ हजार आठ सय एक रुपैँया संकलन भएको जनाइएको छ ।
क्लबका कोषाध्यक्ष बिमल श्रेष्ठका अनुसार प्रतियोगिताबाट जम्मा २९ लाख ६३ हजार सात सय ३१ रुपैँया आम्दानी भएको थियो । त्यस्तै प्रतियोगिता अवधिभरमा २६ लाख ९४ हजार पाँच सय १६ रुपैँया खर्च भएको हो ।

रेडियो मितेरी Live

error: Content is protected !!