अर्थ

संसोधन प्रश्ताव पारित नभएपनि निर्वाचन टर्दैन : उर्जा मन्त्री शर्मा

फिदिम :

उर्जा मन्त्री जनार्दन शर्माले संसदमा पेश भएको संविधान संसोधन प्रश्ताव पारित नभएपनि स्थानीय तहको निर्वाचन हुने ठोकुवा गरेका छन ।
शनिवार विहान पाँचथरको फिदिममा प्रेस सेन्टर पाँचथरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले संविधान संसोधनका लागि एमाले बिना दुई तिहाई मत नपुग्ने भएकाले प्रश्ताव पारित हुने नहुने संका रहेको भन्दै संविधान संसोधन भए वा नभए नै पनि स्थानीय तहको निर्वाचन हुने ठोकुवा गरेका हुन ।

निर्बाचनको माहौल तयार गर्न प्रधानमन्त्री र सत्ता साझेदार दलका शिर्ष नेतृत्वले मधेसी र प्रतिपक्षमा रहेका दलसँग गरिरहेको वार्ता र संवादले समेत सकरात्मक मोड लिइरहेको उनको भनाई थियो । जेठ भित्र स्थानीय निकाय र त्यसपछि माघ सम्ममा प्रदेश र संसदको निर्वाचन नगरे संविधानसभावाट जारी संविधानको कुनै अर्थ नहुने भएकाले आ–आफ्ना हठ र अडान त्यागेर दलहरु निर्वाचनका लागि तयार रहनु पर्ने उनको भनाई थियो ।

फरक प्रसंगमा उर्जा मन्त्री शर्माले उर्जा मन्त्रालय अहिले कसरी विद्युतमा आत्म निर्भर बन्ने भन्ने रणनीतिका लागि अध्ययनमा जुटेको बताए । जलस्रोतको सम्भावनालाई हेर्दा मुलुकका सवै प्रदेशमा एक–एक वटा ठुला आयोजना निर्माण गर्नसक्ने सम्भावना रहेकाले त्यसका लगानीको वातावरण कसरी वनाउने भनेर उर्जा मन्त्रालयको कार्यदलले अध्ययन गरिरहेको उनको भनाई थियो ।
पाँचथरको स्यावु्रम्वा गाविसमा निर्माण गर्ने गरी प्रश्तावित तमोर जलासययुक्त आयोजना अगाडी बढाउन कम्पनी निर्माण गरिएको भन्दै उनले यी र यस्ता आयोजना निर्माण गर्दा स्थानीय वासिन्दा,बैदेशिक रोजगारीमा गएका नेपाली र दाताहरुको अपनत्व हुनुपर्ने मान्यता आफुमा रहेको उनको भनाई थियो । मन्त्री शर्माले शनिवार नै पाँचथरको फिदिम स्थित थापाटारमा निर्मित कावेली करिडोरको शव स्टेशन अवलोकनसँगै पाँचथरको अमरपुरमा स्थानीयलाई विजुली उपलव्ध गराउन निर्माण गरिएको केन्द्रीय प्रशारण लाइनको शव स्टेसन उद्घाटन पनि गरेका छन ।

error: Content is protected !!