मोफसल

अग्नी पीडित परिवारका लागि इञ्जिनियरको पहलमा १६ लाख वरावरको सहयोग

फिदिम : पुष १ गते भएको भीषण आगलागीमा सर्वस्व गुमाएका तेह्रथुमको आठराई स्थित संक्रान्तिबजारका पीडित परिवारलाई अमेरीका र डेनमार्कबाट सहयोग रकम उपलब्ध भएको छ ।
संक्रान्तिबजार घर भई ह्वाईट हेड ईन्जिनियरीङ कम्पनि नेपालमा कार्यरत सप्mटवेयर ईन्जिनियर मदन ईङनामले अमेरीका र नेपालमा संकलित बाह« लाख एघार रुपैंयाको चेक सहित जिन्सी सामग्री पिडित परिवारलाई आइतवार उपलब्ध गराए । संक्रान्तिबाजर आइपुगेका ईन्जिनियर ईङनामले अग्नी प्रभावित क्षेत्रको अवलोकन पश्चात्, ईलाका प्रहरी कार्यालयमा आयोजित कार्यक्रमममा १२ लाख एघार हजार रुपैंया नगद र भाँडावर्तन गरी १५ लाख ६६ हजार रुपैंया वरावरको राहत उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष प्रेम पैडेललाई हस्तान्तरण गरेका हुन ।

इन्जिनियर ईङनामको एकल प्रयासमा अमेरीकाबाट १५ लाख ६६ हजार रुपैया र नेपाल स्थित ईन्जिनियरीङ कम्पनिबाट ४५ हजार रुपैया सहयोग रकम संकलन गरिएको बताइएको छ । संकलित सहयोगबाट अग्निपिडित परिवारलाई दैनिक जिविकोपार्जनका लागि भान्साकोठामा आवश्यक राहत सामग्री उपलब्ध गराईएको ईन्जिनियर इङनामले बताए ।
संक्रान्तिबजारमा भएको आगलागीका पिडित परिवारलाई ईङनामको अनुरोधमा अमेरीकाका नगरीक मार्क डियोनीले अमेरीकामा सहयोग अभियान संचलान गरेका थिए ।
डियोनीको अभियानमा अमेरिकी नागरीक पिटर डोजी, ब्रयन स्टार बर्क लगायतले सहयोग गरेका भएको बताइएको छ । डोजीले २०३५ साल देखि निरन्तर ३ वर्ष त्रिमहोन उच्च माध्यमिक विद्यालय संक्रान्तिबजारमा विज्ञान विषयको शिक्षण गरेका थिए भने डियोनी पनि केही वर्ष अघि संक्रान्तिबजार भ्रमणमा आएको इन्जिनियर ईङनाम वताँउछन ।
अग्निपिडित परिवारलाई डेनमार्कबाट पनि शुक्रबार सहयोग रकम उपलब्ध भएको छ । संक्रान्तिबजार हाल डेनमार्क निवासी रोशन सिटौला र राजु शिवाकोटी मार्पmत डेनमार्क ग्रुपले संचालन गरेको अभियानबाट सहयोग रकम उपलब्ध भएको छ । ईलाका प्रहरी कार्यालय संक्रान्तिमा भएको कार्यक्रममा समाजसेवी शिवाकोटीको आमा सरला शिवाकोटीले ३ लाख २६ हजार २ सय ६७ रुपैयाको चेक उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष पैडेललाई हस्तान्तरण गरिएको छ ।
आगलागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वरुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।