समाज

पैसाको साटो रोगको पोको

फिदिम : पाँचथरको रानीटार–२ की चन्द्रमा (नाम परिवर्तन) लाई एचआईभी पोजिटिभ भएको छ ।
श्रीमान् चन्द्रेश्वर (नाम परिवर्तन) वैदेशिक रोजगारीबाट फर्किएपछि २७ वर्षीया चन्द्रमालाई एचआईभी संक्रमण भएको हो ।
२०६३ सालयता दुई पटक कुवेत गएका चन्द्रेश्वरलाई आफूलाई कसरी एचआईभी संक्रमण भयो भन्ने पनि थाहा रहेछन् । उनले भने, “कुवेत जान दिल्लीमा भेला हुँदा रमाइलो गर्न भनेर साथीहरूको लहलहैमा लागियो, त्यही बेला भयो होला ।”

 

दुवै अहिले जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको एचआईभी परामर्शदाता ओमप्रकाश यादवको निगरानीमा औषधि सेवन गरिरहेका छन् । चन्द्रमा भन्छिन्, “घरखेत धितो राखेर १ लाख ५० हजार ऋण गरेर कुवेत पठाएँ । कमाएर ल्याउलान् र सुखका दिन फिर्लान् भनेको त आगो ल्याएर सल्काए ।”
जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको विवरण अनुसार, पछिल्लो एक आर्थिक वर्ष (२०७२÷७३) मा मात्रै पाँचथरमा चार पुरुष र एक महिलामा एचआईभी पोजेटिभ देखिएको छ । तीमध्ये चारै पुरुष वैदेशिक रोजगारीबाट फर्केका हुन् । चारमध्ये तीन जना २५–३० वर्ष उमेर समूहका युवा छन् । परामर्शदाता यादव जिल्लावाट बैदेशिक रोजगारीमा जानेको संख्या अधिक रहेकाले एचआई संक्रमितको संख्या पनि धेरै हुनसक्ने वताँउछन ।
अरु नै कारण जिल्ला स्वास्थ सस्थामा उपचारका लागि आएका बखत उनीहरुमा एचआइभि पुष्टि भएको हो । यस्ता मानिस शहर र गाँउमा अझै धेरै हुनसक्छन । उनले भने ।

error: Content is protected !!