समाज

मदिरा सेवनपछि झगडा गर्दा किशोरको मृत्यु

अत्याधिक मदिरा सेवन गरी साथीसँग झगडा गर्दा पाँचथरको प्राङवुङ ८ निवासी १९ वर्षीय अजय राईको ज्यान गएको छ ।
आइतवार दिँउसो स्थानीय सुरेन मगरसँग घरवाट छिमेकी मेमेङ गाविसको सखरखण्डे भञ्ज्याङमा सामान खरिद गर्न गएका बखत मदिरा सेवन गरेर घर फिर्ने क्रममा लडाँई गर्दा राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उनीहरु घर फिर्ने क्रममा भञ्ज्याङ बजार नजिकै झगडा गरेको र त्यहि क्रममा दुवैजना लड्दा कुलोमा पसेका अजयको घट्ना स्थलमै मृत्यू भएको वताइएको छ । सुरेनलाई भने घाइते अवस्थामा उद्वार गरी पाँचथर अस्पतालमा उपचार पश्चात अनुसन्धानमा राखेको प्रहरीले जनाएको छ ।
उनी बिरुद्व कर्तव्य ज्यान मुद्वा चलाउने तयारी भइरहेको वताइएको छ । मृतकको भने पाँचथर अस्पतालमा पोष्टमार्टम पछि सोमवार आफन्तले अन्त्येष्टि गरेका छन ।

error: Content is protected !!