अर्थ

चुहानडाँडामा अत्याधुनिक सेवा सहितको बैक शाखा

फिदिम : पुर्बी तेह्रथुमको आठराई स्थित चुहाँनडाँडामा आइतवार कृषि विकास बैंकको उप–शाखाले कारोवार शुरु गरेको छ ।
त्यस क्षेत्रका एक दर्जन अधिक गाविसवासीलाई सेवा दिने उदेस्यले यो शाखा सञ्चालनमा ल्याइएको हो । बैंकलाई आधुनिक प्रणालीमा जोड्र्दै ग्रामिण क्षेत्रमा अत्याधुनिक सेवा दिने गरी स्थापित यो २५ औं उप–शाखा हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले शाखाको औपचारीक?पमा उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख कार्यकारी अधिकृत सिटौलाले बैंकको ५ औं वर्षको इतिहासमा हिमाल देखि तराई सम्म संजाल भै कारोवार संचालन गरिरहेको बैंंकले अब आधुनिक प्रविधि सहित नेपाली जनतालाई बैंकिङ सेवा प्रदान गर्ने बताए ।
बैकले गरेको कारोवार मार्फत आर्जित नाफाको ३१ प्रतिशत कृषिमा लगानी गर्ने बैंकले जनाएको छ । कार्यक्रममा बैंकका उपमहा प्रवन्धक भेषरमण आचार्यले आर्थिक विकासको स्रोत जुटाउने बैकलाई हुर्काउन सबैको साथ आवश्यक पर्ने भएकाले यसलाई पँुजि निर्माण गर्र्ने थालोको रुपमा विकास गर्नु पर्ने धारणा राखे ।
कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक पारशमणि ढकालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा तेह्रथुम बहुमुखी क्याम्पसका प्रमू’ख हिक्मतबहादुर राय, चुहानडाँडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगतबहादुर थपलिया, शारदा माविका प्रचार्य भिम आचार्य, महिला संजालकी अम्बिका चुडाल थपलिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

error: Content is protected !!