फिचर

पाँचथरको सराङडाँडा देशको छैठौं,प्रदेश नम्बर १ को दोस्रो तथा मेची अञ्चल पाँचथरको पहिलो बाल-मैत्री गाविस

फिदिम : पाँचथरको सराङडाँडालाइ बिहिवार स्थानीय बाल–मैत्री शाषनयुक्त गाँउ बिकास समिति घोषणा गरिएको छ ।
बाल अधिकारका ४ बाकस अन्तरगत पर्ने बि–भिन्न ३९ वटा सूचक पुरा गरेपछि बाल–मैत्री घोषणा गरिएको यो देशको छैठौं,प्रदेश नम्वर १ को दास्रो र मेची अञ्चल तथा पाँचथर जिल्लाको पहिलो गाँउ विकास समिति हो । यसअघि मोरङको तेतरिया,प्युठानको भिंग्री,बैतडीको सिद्वेश्वर, हुम्लाको बरगाँउ, र कपिलवस्तुको निक्लिहवा क्रमशः पहिलो दोस्रो,तेस्रो,चौथो र पाँचौं बालमैत्री गाविसका रुपमा घोषणा भइसकेका छन ।
गाविस स्थित बि–भिन्न निकायमा गठन भएका संयन्त्र र निर्णय प्रकृयामा बालबालिकाको सहभागिता, अनिवार्य रुपमा जन्म दर्ता,बाल बिबाह नभएको, बिद्यालय उमेरका कुनैपनि बालबालिका बिद्यालय बाहिर नरहेको,गाविसमा रहेका सबै बालबालिकाले खोपको मात्रा पुरा गरेको,कुपोषित नभएको लगायतका ३९ वटा सूचक पुरा भएपछि सराङडाँडालाई बाल–मैत्री घोषणा गरिएको गाविस सचिव किशोरचन्द्र आचार्यले जानकारी दिए ।
सराङडाँडा स्थित दुर्गा उच्च माविको प्राङगढमा आयोजित भव्य समारोहविच संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगूले बाल–मैत्री गाविस घोषणा गरेका हुन । कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उप सचिव विजयराज सुवेदी सहित जिल्लाका क्रियाशिल राजनैतिक,दल,नागरिक सस्था जिल्ला विकास समिति लगायतका सरोकारवाला सस्थाका प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा जिल्ला स्थित,लिम्बू,राई,मगर,नेवार,सुनुवार,दमाई र बाहुनका जातीय सस्कृतिमा आधारित भेषभुषामा सजिएका कलाकारले झाँकी प्रश्तुत गरेका थिए । सोहि अवसरमा स्थानीय राज्य मन्त्री जवेगूले नेपालको छैंठौ बाल मैत्री शाषन युक्त गाविस घोषण गर्न सफल भएकोमा मन्त्रालयका तर्फवाट गाविस सचिव किशोर चन्द्र आचार्यलाई प्रसंसा र कदर पत्रले सम्मान गरे । यस्तै जिल्ला विकास समिति पाँचथरले पनि उक्त गाविसलाई डेढलाख रुपैंया पुरस्कार सहित सम्मान पत्र प्रदान ग¥र्यो ।
यो अभियान पुरा गर्न २०६७ साल माघ ६ गतेदेखि निरन्तर लागि परेको गाविस सचिब किशोरचन्द्र आचार्यले जानकारी दिए ।
बाल क्लव सञ्जालकी अध्यक्ष नविना सम्वाहाम्फेले बाल–मैत्री स्थानीय शाषनयुक्त घोषणा भएपछि आफुहरुको गाविस स्तरका प्रत्येक निर्णय प्रकृयामा निर्णायक भूमिका रहने टिप्पणी गरिन । स्थानीय बिकास अधिकारी कोमल धमलाले बालमैत्री शाषन घोषणा भएपनि यस्को निरन्तरता महत्वपूर्ण हुने बताँउछन ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय बिकास राज्य मन्त्री श्रीप्रसाद जवेगूले बाल–स्थानीय शाषन गाँउ घोषणा गर्न अहोरात्र खट्ने कर्मचारी सस्था र सरोकारवालालाई धन्यवाद दिए ।अभियान  सफल पार्न सहजिकरण गरेको शैक्षिक सामाजिक एवं पर्यावरणीय सस्था (सिड नेपाल)का सचिव सुमन ढकालले कार्यक्रम सफल पार्न वडा नागरिक मञ्चका पदाधिकारी,राजनैतिक दल र सामाजिक सस्थाका प्रमूख र प्रतिनिधिको योगदानको स्मरण गरे ।

error: Content is protected !!