राजनीति

स्ववियु निर्वाचनले तात्यो क्याम्पस

फिदिम  : प्राय सुनसान हुने पाँचथर बहुमुखि क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि मिति तोकिएपछि विद्यार्थी नेता कार्यकर्ताको चहलपहल बढेको छ ।
एघार बर्षपछि आगामि फागुन १४ गते स्ववियुको निर्वाचन हुने भएपछि क्याम्पसमा रहेका विद्यार्थी संगठनहरुले चुनाबि गतिविधिलाई तिब्र पारेका छन । क्याम्पस आसपासमा विद्यार्थी संगठनका झण्डा र ब्यानरले रङ्गाइएको छ । विद्यार्थी संगठनका नेताहरु कक्षागत र संकायगत इकाइ गठन गरि विद्यार्थीहरुलाइ आफ्नो पकटमा पार्न व्यस्त देखिन्छन् ।
“लामो समयपछि स्ववियु निर्वाचन हुन लागेपछि विद्यार्थी संगठनमा उर्जा थपिएको छ,” नेपाल विद्यार्थी संघ पाँचथर बहुमुखि क्याम्पसका अध्यक्ष धनकुमार लावतीले भने “क्याम्पसका तमाम शैक्षिक मुद्धाहरुलाइ समाधान गर्न स्ववियु निर्वाचन अनिवार्य छ ।” लामो समयसम्म स्ववियु निर्वाचन हुने भएपछि विद्यार्थीहरु उत्साहका साथ चुनाबि गतिविधिमा सहभागि भएका छन् ।
शिक्षा, मानविकि र व्यवस्थापन शंकायको स्नातकोत्तरसम्म कक्षा सञ्चालन हुने पाँचथर बहुमुखि क्याम्पसमा पाँच सय ९० जना विद्यार्थीहर रहेको क्याम्पसले जनाएको छ । पछिल्लो बर्षहरुमा विद्यार्थीको खडेरी लागेको क्याम्पसमा स्ववियु निर्वाचनकै लागि धेरै जस्तो विद्यार्थीहरु क्याम्पसमा भर्ना गरेका छन् । चुनावि प्रयोजनका लागि विद्यार्थिहरुको भर्ना हुने क्रम बढेपछि फागुन २६ देखि क्याम्पस प्रशासनले भर्ना प्रक्रियालाई रोकेको छ ।
स्ववियु निर्वाचनका लागि हालसम्म चारवटा विद्यार्थी संगठनहरुले नाम दर्ता गराएको निर्वाचन मण्डलका सदस्य केवल चापागाइले जानकारी दिए । उनका अनुसार काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्यविय, मओवादि केन्द्र निकट अनेरास्यविय क्रान्तिकारि र लिम्वुवान निकटको संघीय बिद्यार्थी युनियनले नाम दर्ता गराएका हुन् । फागुन १ गते साँझसम्म नाम दर्ता गर्ने म्याद रहेको निर्वाचन मण्डलले जनाएको छ । उता संजुहाङ पालुङवा नेतृत्वको लिम्वुवान पार्टि नेपाल र नेत्र विक्रम चन्द –विप्लव) नेतृत्वको माओवादीले भने नलिने निर्णय गरेको छ ।